कृष्ण ढकाल
बर्दघाट,पौष–१२
सयपत्री सामुदायीक वन उपभोक्ता समुह,बर्दघाट–५ पाल्डाँडाको आठौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । समुहका अध्यक्ष वासुदेव चौधरीको अध्यक्षता र पश्चिम नवलपरासी जिल्लाका सिनियर डिभिजन वन अधिकृत राजु क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको उक्त सभाले वन सम्वद्र्र्धन प्रणालीमा रहेर कार्य योजना नवीकरण गर्ने तथा बिधान सम्सोधन गर्ने निर्णयलाई पारित गरेको छ ।
त्यसैगरी अध्यक्ष बासुदेव चौधरीले प्रस्तुत गर्नु भएको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष दिपु मल्लले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन समेत सभाले पारित गरेको छ । जस्मा समुहको गतवर्षको नाफा ४ लाख ६३ हजार ४ सय १४ रुपैया भएको देखिन्छ भने नेपाल विधुत प्राधिकरणवाट ४ लाख २४ हजार ६ सय ५९ रुपैया अनुदान रकम आएको प्रतिवेदनमा उल्लेख गरीएको छ ।
त्यसैगरी २०८१ असार मसान्त सम्ममा नगद तथा बैंक ब्यालेन्समा २८ हजार १ सय रुपैया र भुक्तानी दिन १० लाख ३ सय १२ रुपैया रहेको जनाइएको छ । त्यस्तै वन समुहले असार मसान्त सम्म ६ लाख ३९ हजार १ सय ७६ रुपैया लिनु पर्ने हिसाब रहेको समेत प्रतिवेदनमा उल्लेख गरीएको छ ।
सयपत्री सामुदायिक वन उपभोक्ता समुहका लेखा सुपरिवेक्षण समितिका संयोजक अर्जुन मरासीनीको स्वागत र सल्लाहकार उत्तमध्वज के.सी.को सञ्चालन रहेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिनियर डिभिजन वन अधिकृत क्षेत्रीले वनको संरक्षण र सदुपयोग गर्ने स्थानिय उपभोक्ता स्वयम भएकाले वनको संरक्षणमा बढी जोड दिनु पर्ने बताउनु भयो ।
विषेश गरी सामुदायिक वन उपभोक्ता समूहहरुमा पार्दशीताको बढी आरोप लाग्ने गरेको भन्दै सबै वन समुहहरु पार्दशी भएर अघिबढ्न जरुरी रहेकोमा जोड दिनु भयो । कानुनी प्रक्रिया पुरा गरेर आएका कुनैपनि वन समुहहरुका कामहरु समयमा नै सजिलैसँग पुरा गर्न सकिने भन्दै कानुनी प्रक्रिया पुरा नगरेका कुनै पनि कामहरु अघि नबढ्ने जानकारी गराउनु भएको थियो ।
बर्दघाट–५ पाल्डाँडामा रहेको गुरुङ समाजको सभाहलमा भएको उक्त सभामा बर्दघाट–सरावल सव डिभिजन वन कार्यालय प्रमुख बलराम पोखरेल, वडा नं. ७ का वडा सदस्य लोकनाथ पाण्डे, दाउन्ने देवि सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष बाबुराम सापकोटा,दुर्गामन्दिर विकास समितिका अध्यक्ष क्याप्टन मानबहादुर थापा,जितपुर प्राबिका प्र.अ. दिर्घनाथ घिमिरे लगाएतले आ–आफ्ना धारण राख्नु भएको थियो ।
आफ्नै वडामा रहेको सामुदायीक वन उपभोक्ता समुहको बार्षिक साधारण सभामा बर्दघाट नगरपालिका वडा नं.–५ का जनप्रतिनिधिले भने कार्यक्रम बहिस्कार गरेको छ । सयपत्री सामुदायीक वन उपभोक्ता समुहका अध्यक्ष बासुदेव चौधरी स्वयम आफैले वडाका सबै जनप्रतिनिधिहरुलाई छुट्टा–छुट्टै पत्रदिएर पनि सबैले वनको कार्यक्रमलाई बहिस्कार गरेपछि वडाका जनप्रतिनिधि प्रति उपभोक्ताहरु निक्कै आक्रोसित भएका थिए । वडाध्यक्ष बिमला गुरुङले कार्यवहाक जिम्मेवारी मिलन पाण्डेलाई दिएको जानकारी पाएको तर कार्यक्रममा कोहि पनि नआएको प्रति समिति निक्कै दुःखी भएको समुहका अध्यक्ष बासुदेव चौधरीले बताउनु भएको छ ।
४ सय ५५ दशमलव ३१ हेक्टर क्षेत्रफल रहेको सयपत्री सामुदायीक वन उपभोक्ता समुह,बर्दघाट–५ पाल्डाँडाको कार्यक्षेत्र साविकको माकर गाविसको वडा नं. १,५,७ र ९ जमुनियाको वडा नं. ८,दाउन्नेदेविको वडा नं. ८ र भुजहवाको वडा नं. ५,६,७ र ९ रहेको छ ।
