Bardaghat Na pa

नवलपरासीबाट तीन जना महिला नेतृ केन्द्रीय सदस्यमा निर्वाचित

417

पाैष ४

नेकपा (एमाले) को महाधिवेशनमा नवलपरासीबाट तीन जना महिला नेतृ केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। केन्द्रिय सदस्य ४ र उपमहासचिब १ सहित पाँच जनाको उम्मेदवारी परेकोमा तीन जना उम्मेदवार विजयी भएका हुन्।

विजयी हुनेमा विमला अर्याल, सरिता खनाल भुषाल र लक्ष्मी केसी (क्षेत्री) रहनुभएको छ। उहाँहरू सबै अध्यक्ष केपी शर्मा ओली पक्षबाट उम्मेदवारी दिनुभएको थियो। विमला अर्याल सुनवल नगरपालिकाकी नगर प्रमुख हुनुहुन्छ भने सरिता खनाल भुषाल विघटित प्रतिनिधिसभाकी सदस्य हुनुहुन्छ। अर्याल र खनाल यसअघि पनि एमाले केन्द्रीय सदस्य रहिसक्नुभएको छ।

महाधिवेशनमा ईश्वर पोखरेल पक्षबाट बैजनाथ चौधरी र तुलसी पासीले उम्मेदवारी दिनुभएको थियो। चौधरीले उपमहासचिव पदमा तथा पासीले दलित क्लस्टरबाट उम्मेदवारी दिनुभएको भए पनि उहाँहरू दुवै पराजित हुनुभएको छ।

महाधिवेशनको नतिजासँगै नवलपरासीबाट महिला नेतृहरूको बलियो उपस्थिति केन्द्रीय नेतृत्वमा देखिएको छ, जसलाई पार्टीभित्र महिलाको सहभागिता र प्रतिनिधित्व सुदृढ भएको संकेतका रूपमा हेरिएको छ ।