Bardaghat Na pa

सेलिब्रेटी सम्म उतारेर चुनाव जितेका सेलिब्रेटी नेता चौधरीले माखो मारेनन

545

पश्चिम् नवलपरासीको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचीत बिघटित प्रतिनिधि सभा सदस्य बिनोद चौधरीले नवलपरासी निर्वाचन क्षेत्र नं. १ मा बिकासको नाममा माखो समेत नमारेको आरोप लागेको छ ।
आफुले नगरेको कामको जस लिने र मिडिया ट्रायल गर्ने बाहेक नेता चौधरीले यो क्षेत्रमा खासै योजना ल्याउन नसकेको भन्दै स्थानिय जनता देखि नेपाली कान्ग्रेस पार्टी पंक्ति भित्रै आलोचना  शुरु भएको छ ।
अर्बपती चौधरीको चिल्ला कुराले भोट दिएका जनताहरुले चुनाव जितेको ३ बर्षसम्म पनि देखिने कुनै काम गर्न नसकेकोले स्वयम अहिले पछुताएको लुम्बिनी प्रदेशका मन्त्री देवकरण प्रसाद कलवारले बताउनु भएको छ ।
चौधरीको स्वभावका कारण जिल्लाका नेताहरुले समेत साथ छोड्दै गएको लुम्बिनी प्रदेश मन्त्री देवकरण प्रसाद कलवारले बताउनु भयो । पुर्व गृहराज्यमन्त्री देवेन्द्र राज कन्डेलले समेत नेता चौधरीको साथ छोडेका छ्न । प्रदेश मन्त्री देवकरण प्रसाद कलवारको मतभारको ढाडसले चुनाव जितेका चौधरी नवलपरासीका लागि आईकन बन्ने अपेक्षा राखिएपनी यस क्षेत्रको बिकासमा भन्दा चौधरी आफ्नै ब्यापारले बेफुर्सदिलो भएपछि आक्कल झुक्कल मात्रै जिल्ला आउने गर्नु हुन्छ । चौधरी आएको गएको मतदाताले समेत पत्तो पाउदैनन ।
मिडिया ट्रायल र अरुले गरेका कामको जस लिन चौधरी खप्पिस छ्न भन्ने कुरा स्वयं प्रदेश मन्त्री देवकरण प्रसाद कलवारले प्रमाणित गर्नु भएको छ । कलवार भन्नुहुन्छ , उहाँले ३१ बुदे घोषणा पत्र जारी गर्नु भो,मैले गर्न सक्ने काम मात्रै गरौ भने तर उहाँले क्या बात कर्तेहो सन्तुजि हम सब कर्देङ्गे,, अहिले कुनै काम भएन जनतालाई हामिले जवाफ दिनु परेको छ । चौधरी काम कम र प्रचार बढी गर्ने नेता भएकै कारण लामो समय यहि क्षेत्रमा संगठन गरेका नेताहरुले चौधरीको साथ छोडे नेपाली कान्ग्रस नवलपरासी वृत्तमा चर्चा छ ।

चौधरीले अघि सारेका योजना अधुरै रहेपनी चौधरीसग नजिक रहेर लाभ लिएकाहरुले भने चौधरीलाई बिकासको एक्लो नायकका रुपमा प्रस्तुत गरिरहेका छन । चुनावताका निकै चर्का र महत्व्काङक्षि योजना अघि सारेका चौधरीले मत बटुल्न नायक भुवन केसी र प्रदिप खड्कालाई समेत नवलपरासी उतारेर कार्यक्रम गर्न भ्याउनु भएको थियो । यति मात्रै होईन चौपत्ताको आम सभामा चौधरीले नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र तत्कालिन प्रधानमन्त्री पुष्प कमल दाहाल ूप्रचण्डूलाई उतारेर आफ्नो पक्षमा भाषण गर्न ठुलै कसरत गर्नु भएको थियो ।
सभालाई सम्बोधन गर्दै प्रचण्डले चौधरी यस क्षेत्रका लागि बरदान साबित हुने बताउनु भएको थियो भने सभापति देउवाले समेत चौधरीले यस क्षेत्रमा मल कारखाना खोल्ने सम्मको आश्वासन दिनु भएको थियो। अहिले चौधरीको मल कारखाना र केराको चिप्स उधोग कहाँ गयो ? भनेर आम मतदाले प्रश्न गरिरहेका छ्न ।