Bardaghat Na pa

दाउन्नेदेवी महिला बहुउद्देश्य सहकारी संस्था लि.को २८औं वार्षिक साधारण सभा सम्पन्न

460
बर्दघाट,२७ मंसिर 
 दाउन्ने देवी महिला बहुउद्देश्य सहकारी संस्था लिमिटेड, बर्दघाट  ४ बर्दघाटको २८औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष देवी पौडेलको अध्यक्षता एवम संस्थाका सस्थापक गौमाया गिरिको प्रमुख आतिथ्यतामा सम्पन्न भयो
 कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि गिरिले  सस्थाले महिलाहरुलाइ प्रत्यक्ष आय र आम्दानीसंग जोडिनको लागि निश्चित योजनाका साथ व्यवसायिक तालिमहरु आयोजना गरेमा सहकारी अझै उत्कृष्ट हुने बताउनु भयो। साथै वहाले महिला हरुले ५ / १० रुपैया जम्मा गरेर संकलन गरेको रकम सुरक्षित गराउन समिति चनाखो हुनु पर्ने बताउनु भयो।
कार्यक्रममा अध्यक्षको प्रगति प्रतिवेदन अध्यक्ष देवी पौडेलले प्रस्तुत गर्दै देशमा देखिएको आर्थिक मन्दी र सहकारी हरुका विभिन्न समस्या सहकारी प्रति देखिएको अबिस्वासले गर्दा स्थानीय रुपमा अनुशासित र मित्ब्याता अपनाइ चलाहिएका सहकारी हरु पनि भेडाको जुधाइ र झिगाको मिचाइमा परेको बताउनु भयो।
साथै वहाँले यस्तो परिस्थितिमा पनि सस्थाले गत वर्ष १० प्रतिशत र यस् वर्ष ७ प्रतिशत सेयर सदस्य लाइ लाभांश वितरण गर्न सफल रहेको बताउनु भयो
सो अवसरमा लेखा सुपरिवेक्षण समितिको बार्षिक प्रतिवेदन लेखा संयोजक चन्द्रकला पाण्डे सापकोटाले प्रस्तुत गर्दै देशको राजनैतिक वातावरण र त्यसले पुर्याउन सक्ने असरहरु मुलुकको आर्थिक क्रियाकलापले पर्न सक्ने असरहरु वा जग्गा कारोबार तथा बजारमा देखिएका मन्दी, राष्ट्रिय निती निर्देशन परिवर्तनले पर्न सक्ने असरहरु, वित्तिय संस्थाहरुको प्रतिस्पर्धा का कारण बैदेशिक रोजगारले पारेको असरलाई मध्यनजर गर्दै संस्था को दिगो विकासका लागी थप योजनाहरु बनाई कार्यान्वयन तर्फ ध्यान दिनुपर्ने बताउनु भयो।
संस्थाको आर्थिक तथा लेखा परिक्षण प्रतिवेदन सस्थाका व्यवस्थापक हिरा शाहीले २५ करोड ५ लाख ७४ हजार ३ सय ९१ रुपैयाँ बराबरको आय व्यय विवरण प्रस्तुत गर्दै शाहीले यस आर्थिक वर्षमा संस्थाले कुल ५६ लाख १३ हजार २ सय ४४ रुपैया कुल आम्दानी गर्न सफल भएको प्रतिबेदन प्रस्तुत गर्नु भयेको थियो।
कार्यक्रममा शेयर सदस्यका तर्फ देखि गङा शाहि , लक्ष्मी शर्मा लगायतले मन्तव्य राख्नु भएको थियो भने सो अवसरमा जेष्ठ शेयर सदस्य ,उत्कृष्ट बचत कर्ता, उत्कृष्ट शेयर कर्ता, उत्कृष्ट ऋणी र उत्कृष्ट व्यवसायि र उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट समुहगरि १४ जनालाई नगद सहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।
सस्थाले नगरपालिका भित्रका निम्न आय स्रोत भएका विद्यालयमा अक्षयकोष स्थापना गर्दै आएको छ भने सस्थाले परासिमा घरेलुु हिंसा बाट पीडित महिला हरुका लगि अल्पकालीन आश्रय स्थल सन्चालन गर्नुका साथै संस्थाले बर्दघाटमा झोला समेत उत्पादन गर्दै आएको सस्थाका उपाध्यक्ष रजनि शर्माले जानकारी दिनु भयो।
संस्थाका उपाध्यक्ष रजनि शर्माको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सस्थाका सदस्य बिजु खाणले गर्नु भएको थियो।