Bardaghat Na pa

बाढीपीडितको महायज्ञमा सबैभन्दा बढी ६५ हजार ५ सय ५५ रुपैया दान

469

कृष्ण ढकाल
बर्दघाट,मंसिर २९
बर्दघाट नगरपालिका वडा नं ४ बाढीपीडितको शिवस्मृति नगरमा आयोजना गरेको श्रीमददेविभागगवत दिब्यकथा शक्ति साधना महायज्ञको समापन भएको छ । गत मंसिर २१ गतेदेखि शुरु भएको महायज्ञमा १५ लाखबढी नगद दानरकम संकलन भयको यज्ञ सम्पादन मुल समितिका संयोजक काशीनाथ नेपालले बताउनु भएको छ ।
यज्ञमा सबैभन्दा बढिदान गर्नेमा चोलाकान्त पाण्डे रहनु भएको छ । उहाँले ६५ हजार ५ सय ५५ रुपैया दान गर्नु भएको यज्ञ सम्पादन मुल समितिका महासचिव शिव चालिसेले बताउनु भयको छ।
उत्पत्तेश्वर शिवालय मन्दिरको भौतिक विकास र देवघाट स्थिति श्री रामजानकी बालिका आश्रकाहरुको सहयोगार्थ सञ्चालन गरिएको उक्त यज्ञमा उमामहेश्वरी शास्त्री देविजी मुख्यवाचकका रुपमा रहनु भएको थियो ।
यज्ञ सम्पादन मुल समितिका सह संयोजक रामेश्वर खनालले देश र समाजका लागि योगदान दिन सक्नेगरी धर्म र संस्कारका वारेमा जागृत गर्ने उद्धेश्यले शुरु गरीएको यज्ञ अभियान बर्दघाटमा ८४ ओै स्थानका रुपमा आयोजना गरीएको बताउनु भयो ।
त्यसैगरी बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले अहिले आर्थिक संकटका बेलामा यज्ञ सञ्चालन गरेर सफलता प्राप्त गरेकोमा खुशि ब्यक्त गर्दै नगरको तर्फबाट भौतिक निमार्णमा ३ लाखको सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको छ ।
यज्ञ समापन कार्यक्रममा बोल्दै बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकाल –कृष्ण)ले धर्म,संस्कार,संस्कृति र सभ्यताका वारेमा ज्ञान दिने स्थाल मात्र नभएर आर्थिक रुपमा भड्किदै गएको महायज्ञको संस्कारलाई मितब्यी रुपमा पुनः सभ्य र भब्यवताका साथ गर्न सकिन्छ भन्ने कुराको प्रमाणीत गर्न सफल भएको बताउनु भएको थियो ।
त्यसैगरी बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सचिव शोभकान्त कोइरालाले महायज्ञ गर्दा सबैको साथ र सहयोग चाहिने भएकाले सबै एक भएकै कारण सफल भएको बताउनु भएको थियो । सोही कार्यक्रममा बोल्दै स्थानिय समाज सेवी काशिराम न्यौपानेले महायज्ञ आफुहरुले सोचेभन्दा पनि राम्रो भएको भन्दै खुशी ब्यक्त गर्नु भयो ।
बर्दघाट वडा नं. ४ का वडा सदस्य जनक बहादुर रावल,बर्दघाट उद्योग वाणीज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने लगाएत बिभिन्न टोल विकास संस्था र आमा समुहका अध्यक्षहरुको उपस्थिती रहेका उक्त महायज्ञ समापनका अवसरमा ८० बर्ष भन्दा बढि उमेर भयका जेष्ठनागरिकहरुलाई सम्मान समेत गरीएको थियो ।
महायज्ञ अवधीमा चौरासी पुजा ,ब्रतबन्ध,हवन,तिर्लापण,पूर्णाहुति,लगाएतका कार्यहरु गरीएको थियो ।