कृष्ण ढकाल
पाल्डाडा,कार्तिक–२
बर्दघाट नगरपालिका वडा नं. ५ ,पाल्डाडामा रहेको सगरमाथा सामुदायिक विकास प्रतिष्ठानले आईतवार साँझ बृहत साँकृतिक कार्यक्रम सम्पन्न गरेको छ । दिपावली तथा छठ् पर्वको अवसर पारेर आयोजना गरेको उक्त कार्यक्रममा २० बढी समुहले आ–आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए ।
साँकृतिक कार्यक्रमको उद्घाटनगर्दै वडा नं. ५ की वडाध्यक्ष तथा प्रमुख अतिथि बिमला गुरुङ्गले गाउँटोलका प्रतिभाहरु आफ्नै स्थानमा हेर्न र देख्न पाउने गरी प्रत्येक वर्ष हुने साँकृतिक कार्यक्रम आफैमा महत्पूर्ण रहेको बताउनु भएको थियो । अहिले सम्म समाजमा हुने कुनै पनि कामहरुमा सबैको सहकार्य र एकता रहेको प्रति खुशी ब्यक्तगर्दै समाज विकासमा नयाँ नयाँ योजना तथा परीयोजनाहरु ल्याउनका लागि समेत सबैले आफ्नो स्थानबाट पहल गर्न आग्रह गर्नु भएको थियो ।
त्यसैगरी सोही कार्यक्रममा बोल्दै प्रतिष्ठानका संरक्षक क्यापटन मानबहादुर थापाले स्थानिय प्रतिभालाई प्रोत्साहन गर्दै नयाा पुस्ताहरुलाई भेषभुषा, कला, संस्कृति र संस्कारको बारेमा जानकारी गराउ कार्यक्रम महत्वपूर्ण रहेको बताउनु भएको थियो ।
प्रतिष्ठानका अध्यक्ष्ँ गंगा बहादुर क्षेत्रीको अध्यक्षता वडाध्यक्ष बिमला गुरुङ्गको प्रमुख अतिथ्यता र शिवप्रसाद शर्माको सञ्चालन रहेको कार्यक्रममा बिभिन्न सामाजिक संघ संस्थाका ब्यक्ति र समाजसेवी ब्यक्तित्वहरुको उपस्थिती हरेको थियो ।

