कृष्ण ढकाल
बर्दघाट,असाेज -२९
विनयी त्रिवेणी गाउँपालिका वडा नं. ६ बाट बर्दघाटका सर्प उद्धारकर्ता दुर्गा लामिछानेले करिब ३८ किलोको अजिंगर उद्धार गरेका छन ।
सीताराम मन्दिर नजिकै स्थानीयले ठूलो अजिंगर देखेपछि सर्प उद्धारकर्ता दुर्गा लामिछानेलाई खबर गरेका थिए ।
अजिंगर १२ फुट लामो छ । नेपालमा लोपोन्मुख र संरक्षित प्ररजातिमा पर्ने भएकाले मध्यवर्ती समूहमार्फत चितवन राष्ट्रिय निकुञ्जलाई उक्त अजिंगर बुझाइएको लामिछानेले बतनएका छन । अहिले सम्म कै सबैभन्दा ठुलाे अजिंगर उद्दार गरिएकाे लामिछानेले बताका छन ।आहारा नखाएको समयमा करिब ३८ किलोको अजिंगर भने पहिलोपटक उद्धार गरिएको थियाे ।
