sunwal

नेकपा एमाले बर्दघाट वडा कमिटीद्धारा श्रद्धाञ्जली सभा सम्पन्न

628

कृष्ण ढकाल
बर्दघाट,भदौं–१६
नेकपा एमाले बर्दघाट वडा कमिटीले आफ्नो पार्टी सदस्य टेकमाया पाण्डेको सातौं पुण्य तिथिपारेर श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
बर्दघाट–४,बर्मेलीटोल निवासी नेकपा एमाले बर्दघाट नगर कमिटी सदस्य एवं युवा संघ नेपाल बर्दघाट नगर ईन्चार्ज रोसनी बर्मा(पाण्डे) की सासुआमा टेकमाया पाण्डेको यहि भर्दाै १० गते मंगलवार उपचारका क्रममा निधन भएको थियो ।

नेकपा एमाले बर्दघाट वडा कमिटी अध्यक्ष्ँ गोविन्द पाध्यायको अध्यक्षता र केन्द्रिय स्कुल विभागका सदस्य बद्रीनाथ खनालको प्रमुख आतिथ्यतामा भएको श्राद्धाञ्जली सभामा बोल्दै केन्द्रिय स्कुल विभागका सदस्य खनालले ७१ वर्षिय टेकमाया पाण्डे जिवित हुदाँ सधैंभरी पाटीका हरेक गतिविधिमा साथ दिने गरेको स्मरण गर्नु भएको थियो ।


पार्टीका हरेक काममा आफु र आफ्नो परिवारका सदस्यहरुलाई कटिबद्ध भएर लाग्न प्रेरीत गर्ने असल अभिभावक गुमाउनुपर्दा पार्टी र घरपरिवारमा ठुलो क्षति भएको बताउनु भयो । दुःखको यस घडीमा सबै मर्माहित भएको बताउदै मृत्क टेकमाया पाण्डेप्रति पार्टीको तर्फवाट हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नु भएको थियो ।

नेकपा एमाले बर्दघाट वडा कमिटीका सचिव गोकर्ण शर्माको सञ्चालन रहेको उक्त श्रद्धाञ्जली सभामा नेकपा एमाले प्रदेश कमिटि सदस्य रामबहादुर थापा,जिल्ला सचिव धिरज शर्मा लगाएतका जिल्ला ,नगर र वडा तहका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।