Belani khanepani

चिसापानी सामुदायिक वनद्धारा दिब्यज्योती माबिलाई १२ थान पोडिएम प्रदान

601

कृष्ण ढकाल
बर्दघाट,साउन–२६
बर्दघाट नगरपालिका वडा नं. २ ,चिसापानीमा रहेका चिसापानी सामुदायिक वन उपभोक्ता समुहले दिब्यज्योती माबिलाई १२ थान पोडिएम प्रदान गरेको छ ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिनावन्धु पाण्डेको अध्यक्षता र वडाध्यक्ष गणेश बहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी उक्त १२ थान पोडिएम विद्यालयलाई वन समुहले हस्तान्त्रण गरेको छ ।

विद्यालयलाई पोडिएम हस्तान्त्रण कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाध्यक्ष क्षेत्रीले वन समुहले शैक्षिक क्षेत्रसंगै अन्य समुदायीक कार्यमा समेत मन खोलेर सहयोग गर्ने गरेको भन्दै खुलेर प्रंसंशा गर्नु भएको थियो । उहाँले आगामि दिनमा समेत विद्यालय र समाजका कामका लागि वन सम्ुह एक सहयोगी संस्थाका रुपमा अघि बढ्नेमा आफु विश्वस्त रहेको बताउनु भयोे ।

दिब्यज्योती माबिका शिक्षक कृष्ण अधिकारीको सञ्चालन रहेको कार्यक्रममा बोल्दै चिसापानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष होम बहादुर गुरुङले आफ्नोे संस्थाले सामाजिक उत्तर दायित्व अन्र्तगत रहेर प्रदान गर्ने शैक्षिक क्षेत्रको सहयोग यस पटक दिब्य जयोती माबिलाई गरेको बताउनु भएको थियो ।
आफ्नो कार्य योजनामा डेक्स बेञ्च दिने रहेको भएपनि विद्यालयको आवश्यकता र माग बमोजिम त्यसलाई रुपान्तरण गरी आवश्यकताका आधारमा दिब्यज्योती माबिलाई १२ थान पोडिएम प्रदान गरेको अध्यक्ष गुरुङले जानकारी गराउनु भएको थियो ।

 

जुनियर रेडक्रश दिब्यज्योतीका सचिव भुवन बरालको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा दिब्यज्योती माबि ब्यवस्थापन समिति , शिक्षक अभिभावक संघ, शिक्ष्ँक,बिद्यार्थी, चिसापानी सामुदायिक वन उपभोक्ता समुहको कार्यसमिति लगाएतको उपस्थिती रहेको थियो । सो अवसरमा बोल्दै दिब्यज्योती माबि ब्यवस्थापन समितिका अध्यक्ष दिनाबन्धु पाण्डेले चिसापानी सामुदायिक वन उपभोक्ता समुहले विद्यालयलाई आवश्यक पोडियम दिएको प्रति धन्यवाद प्रकट गर्दै आगामि दिनमा पनि सहयोगको आशा ब्यक्त गर्नु भएको थियो ।