कृष्ण ढकाल
सुनवल,साउन–२५
सामुदायीक वन उपभोक्ता समुहमा नेतृत्व गर्नेहरुले आफुले पाएको अवसर र चुनौतीलाई राम्रोसँग सहि सदुपयोग गर्न सके ब्यक्ति र समुदाय दुबैलाई फाईदा हुने जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका अध्यक्ष भगौती प्रसाद यादव ( रुदल)ले बताउनु भएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ ,पश्चिम नवलपरासीले सुनवलमा आयोजना गरेको वृक्षरोपण तथा छलफल कार्यक्रममा बोल्दै अध्यक्ष यादवले उक्त कुरा बताउनु भएको हो । वनबाट बिभिन्न प्रकारका आयमुलक उत्पादनहरु गर्न सकिने भएकाले सबै वन समुहहरु त्यसतर्फ केन्द्रित हुन जरुरी रहेको यादवको भनाई रहेको थियो । त्यसैगरी वन समुहहरु पार्दशी भएर अघि बढ्नका लागि समेत सुझाव दिनु भएको थियो ।
सामुदायिक वन उपभोक्ता महासंघ ,पश्चिम नवलपरासी अध्यक्ष सारदा पोखरेलको अध्यक्षता र जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका अध्यक्ष भगौती प्रसाद यादव ( रुदल) को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै सुनवल नगरप्रमुख बिमला अर्यालले आफ्नो नगरमा रहेका सबै वन समुहहरुसंग छलफल र सहकार्य गरेर नै अघि बढ्ने गरेको बताउनु भएको छ । वन समुहहरुले आफ्ना योजना बनाउदा र नगरले बनाएका योजनाहरुमा वन समुहहरु उत्तरदायि नबन्दा प्रतिफल आउन नसकेको नगरप्रमुख अर्यालको भनाई थियो । त्यसैगरी प्रदेशको वन ऐन कानुनमा खोला खोल्सीको सरसफाई तथा उत्खन्न गर्ने कार्य जिल्ला वनलाई दिने नितिका कारण अहिले स्थानिय सरकार समस्यामा परेको नगर प्रमुख अर्यालले बताउनु भएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय सदस्य कमल परियारले सामुदायिक वन उपभोक्ता समुहहरुको वर्तमान अवस्था,ब्यवस्था र चुनौतीसाग–सगै समूहहरुले गरिरहेका कामहरुका बारेमा जानकारी दिदै एकद्धार कर प्रणाली लागु गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
देश भर २३ हजार २६ वटा सामुदायिक वन उपभोक्ता समुहहरु रहेको केन्द्रि सदस्य परियारले तथ्याङ्क प्रस्तुत गर्न भएको थियो । जस्मा ४ हजार २ सय २२ वटा लुम्बिनी प्रदेशमा र ६६ वटा पश्चिम नवलपरासी जिल्ला रहेको परियारले तथ्याङ्क प्रस्तुत गर्नु भएको थियो ।
उपाध्यक्ष दिलकराज डुम्रेको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको कार्यक्रममा बर्दघाट सरावल सव डिभिजन कार्यालयका अधिकृत बलराम पोख्रेल, सुनवल वडा नं. ६ का वडा अध्यक्ष दिलिप चापागाई,बर्दघाट प्रेस क्लबका अध्यक्ष तथा पत्रकार कुस्माकर ढकाल (कृष्ण),सामुदायिक वन उपभोक्ता स्थानिय महासंघ ,सुनवल नगर समिति अध्यक्ष कर्ण बहादुर सेन,सुस्ता स्थानिय महासंघका अध्यक्ष मेघनाथ आचार्य,विशासय सामुदायिक वनका अध्यक्ष गंगाराम गैरे,सचिव ममता खवास लगाएतले आ–आफ्नो भनाई राख्नु भएको थियो ।
कार्यक्रमको समापनमा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ ,पश्चिम नवलपरासी अध्यक्ष सारदा पोखरेलले पछिल्लो पटक सरकारले गौरबका आयोजनाका नाममा वन विनास गर्ने गरेको आरोप लगाउनु भएको थियो । एम.सि.सि. जस्ता ठूला गौरवका आयोजना सञ्चालन गर्नका लागि विधुतका पोल र तारको विस्तार गर्ने क्रममा सामुदायिक वनक्षेत्रका ठूला तथा साना रुखहरु धेरैनै काटीने भएका कारण वन विनास हुने गरेको अध्यक्ष पोखरेलको भनाई रहेको थियो ।
सामुदायिक वन दिवस २०८२ को असर पारेर आयोजना गरीएको कार्यक्रममा सह–आयोजकका रुपमा सामुदायिक वन उपभोक्ता स्थानिय महासंघ ,सुनवल नगर समिति रहेको थियो भने कार्यक्रमको सञ्चालन कोषाध्यक्ष सुमित्रा भट्टराईले गर्नु भएको थियो।