कृष्ण ढकाल
बर्दघाट,साउन–१८
२०८१ सालको एस.ई.ई.मा ३.६ जि.पि.ए. भन्दा बढी अंक ल्याउने बिद्यार्थीहरुलाई आज प्याबसन नवलपरासीले सम्मान गरेको छ ।
प्याबसन नवलपरासीका अध्यक्ष्ँ डम्वरबहादुर गुरुङको अध्यक्षता र प्याबसन केन्द्रिय अध्यक्ष कृष्ण प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा परासीमा कार्यक्रमको आयोजना गरी बिद्यार्थीहरुलाई सम्मान गरेको हो ।
नवलपरासी जिल्लाका ७४ वटा संस्थागत विद्यालयहरु आवद्ध रहेको प्याबसन नवलपरासीमा ३६ वटा माध्यामिक विद्यालयहरुका २ सय ७९ जना ३.६ जि.पि.ए. भन्दा बढी अंक ल्याउन सफल बिद्यार्थीहरुलाई प्याबसन नवलपरासीले सम्मान गरेको छ ।
प्याबसन रामग्राम नगर अध्यक्ष वलिराम यादवको स्वागतबाट शुरु भएको कार्यक्रममा बोल्दै कार्यक्रका प्रमुख अतिथि एवं प्याबसन केन्द्रिय अध्यक्ष कृष्ण प्रसाद अधिकारी सरकारले शिक्ष्ाँ विधेक ल्याउदा विभेदकारी ढंगले नल्याउने बताउनु भएको थियो । संस्थागत विद्यालयहरुले गरेको लगानी र त्यसको प्रतिफललाई देखेर पनि प्याबसनको माग बमोजिम नै एउटा बुंधा पनि तलमाथी नभैकन सरकारले शिक्ष्ाँ विधेक ल्याउनेमा आफु विश्वस्त रहेको बताउदै सबै विद्यालय सञ्चालकहरुलाई ढुक्क हुनु आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले शिक्षामा प्रतिष्प्रद्र्या हुन जरुरी रहेको बताएका थिए । संस्थागत विद्यालयको खम्वा भने कै अभिभावकहरु रहेको बताउदै अभिभावकहरुकै सल्लाहमा विद्यालयहरु अघिबढे बताएका थिए । सरकारले सञ्चालन गरेका सामुदायिक विद्यालयहरुमा बिभिन्न वहानामा बिद्यार्थीहरुवाट रकम असुली गर्दा सहयोग मान्ने र संस्थागत विद्यालयहरुमा फाईदाका लागि लिएको भन्ने गरी गलत संदेश दिने गरेको प्रति उनीहरुले आफत्ति जनाएका थिए ।
प्याबसन नवलपरासीका सचिव अविनाश रेग्मीको सञ्चालन रहेको कार्यक्रममा प्याबसन केन्द्रिय सल्लाहकार सुमन गोपाल आचार्य,प्राज्ञीक सल्लाहकार चिनु रानाभाट,उपाध्यक्ष टिकाराम न्यौपाने, लुम्बिनी प्रदेश अध्यक्ष लालहरी पाण्डे लगाएतले आ–आफ्नो भनाई राख्नु भएको थियो ।