कृष्ण ढकाल
बर्दघाट,साउन–७
बर्दघाट नगरपालिका वडा नं. १ मा रहेको बाल्मीकि मा.बि.ले नगरमा नै पहिलो पटक समावेशी शिक्षा शुरु गरेको छ । अपाङ्गताको क्षेत्रमा कामगर्दै आएको सहयात्री नेपालसंगको समन्वयमा समावेशी शिक्षा शुरु गरीएको विद्यालयकी प्रधानाध्यापक रामकुमारी पाध्यायले बताउनु भएको छ ।
सहयात्री नेपाल,बर्दघाट–१४ मा रहेका १० जना र अन्य १७ जना गरी २७ जना अपाङ्गता भएका बालबालिकालाई सहजरुपमा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि फाउण्डेसन अड्रे ज्याकब र सामा नामक सस्थाले सहयोग गर्ने गरी बाल्मीकि मा.बि.मा पहिलो पटक समावेशी शिक्षा शुरु गरीएको हो ।
शारीरिक अपाङ्गता, दृष्टिसम्बन्धी अपाङ्गता, सुनाइसम्बन्धी अपाङ्गता, श्रवण र दृष्टिविहीनता, स्वररबोलाइसम्बन्धी अपाङ्गता, मानसिक अपाङ्गता, बहु अपाङ्गता भएकाहरूका लागि तालिम प्राप्त शिक्षक र बालबालिकाहरुका लागि छुट्टै कक्षा कोठाको ब्यवस्था गरेसंगै आज एक कार्यक्रमका विच समावेशी शिक्षाको समुद्घाटन गरीएको प्र.अ. पाध्यायको भनाई रहेको छ ।
बाल्मीकि मा.बि. ब्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीको अध्यक्षता र बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको समावेशी शिक्षा समुद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले नगरका सबै प्रकृतिका बालबालिकाहरु शिक्षाबाट बञ्चीत नहुन भन्ने उद्धेश्य सहित नगर अघि बढेको बताउनु भयो ।
अपाङ्गता भएका बालबालिकाहरुको लागि नगरले भौतिक संरचना सहितको लगानी गरेर सहयात्री नेपालसंग सहकार्य गर्दै अघि बढेको बताउनु भयो । त्यसैगरी सोही कार्यक्रममा बोल्दै नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले अपाङ्ता भएका बालबालिकाहरुको भविस्य उज्जवल बनाउने कार्यमा सहयात्री नेपालले राम्रो काम गरेको बताउनु भएको थियो ।
सहयात्री नेपालकी अध्यक्ष तिलकुमारी श्रेष्ठको स्वागत र शिक्ष्ँक अर्जुन रिमालको सञ्चालन रहेको कार्यक्रममा वठा नं. १ का वडाध्यक्ष सन्दीप सापकोटा, बर्दघाट नगरको शिक्षा युवा तथा खेलकुद शाखाका धनपति पौडेल,सहयात्री नेपालका सल्लाहकार संयोजक दामोदर जि.सी.,सामा संस्थाका सुरेस कापm्ले,दाउन्ने देवि मा. वि. ब्यवस्थापन समितिका अध्यक्ष तपचन्द्र प्रयासी,बाल्मीकि मा.बि.का प्र.अ. रामकुमारी पाध्याय ,नवलपरासी रोटरी क्लबका सुमन गोपाल आचार्य लगाएतले आ–आफ्ना भनाई राख्नु भएको थियो ।