Bardaghat Na pa

नेपाल लाइफ इन्स्योरेन्सको ‘राष्ट्रिय अवार्ड’ चापागाईंलाई

69

बर्दघाट,श्रावण–२
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बीमाअभिकर्ता जीवनप्रसाद चापागाईं ‘राष्ट्रिय अवार्ड’ बाट सम्मानित भएका छन् । नवलपरासी जिल्लाबाट सबै भन्दा बढी बिमाब्यवसाय गरि बीमितको बीमा गर्न सफल भएसंगै कम्पनीले चापागाईंलाई सम्मान गरेको हो ।

नवलपरासी जिल्लाको बर्दघाट शाखा कम्पनीमा कार्यरत चापागाईंले अनलाइनका माध्यमबाट देशभर बीमा गर्दे आएको बताएका छन । चापागाईंले आफुले बीमितको बीमा गराए बापत आएको शुल्कको निश्चित प्रतिशत रकम सामाजिक काममा खर्च गर्दै आएको र आगामि दिनमा त्यसलाई निरन्तरता दिने बताएका छन ।