Bardaghat Na pa

बर्दघाट प्रहरीद्धारा २ लाख ८० हजार रुपैया बरावरको अबैध चल्ला बरामत

526

कृष्ण ढकाल
बर्दघाट,असार–११
ईलाका प्रहरी कार्यालय बर्दघाटको टोलिले बर्दघाट–१४,गंगावस्तीवाट ३५ काट्टुन कुखुराका अबैध चल्ला वारमत गरेको छ । ११ गते विहान अन्दाजी ४ बजेको समयमा गंगावस्तीको भित्री सडक प्रयोगगरी मोटरसाईकलमा उत्तर तर्फ ल्याउदै गरेको अवस्थामा धिरज गौतमको कमाण्डमा खटीएको प्रहरी टोलिले चल्ला बरामत गरेको थियो ।
बरामत गरीएका सबै कुखुराका चल्लाहरु पशु पंक्षी क्वारेन्टाईनका कर्मचारी र पत्रकारको रोहभरमा मुचुल्कागरी खाल्टो खनेर पुरीएको थियो ।

बिषेश सुचनाका आधारमा उक्त चल्ला वरामतगर्न सफल भएको ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक दिपेन्द्र बानियाले बताउनु भएको छ ।
एक काटटुनमा ८० ओटा चल्लाका दरले रहेको ३५ काट्टुन कुखुराका अबैध चल्लाको अन्दाजी बजार मुल्य करिव २ लाख ८० हजार रुपैया बरावर रहेको बानियाको भनाई छ ।
चल्ला बोकेका तीनवटा भारतीय नंम्वर प्लेटका मोटरसाईकल अन्दाजी १ लाख २० हजार मुल्यका र चल्ला करिव २ लाख ८० हजार रुपैया गरी ४ लाख बरावरको अबैध सामान वरामत गरीको प्रहरीको भनाई रहेको छ ।