Bardaghat Na pa

बर्दघाट नगरलाई योगमय बनाउनौं ः नगरप्रमुख श्रेष्ठ

527

कृष्ण ढकाल
बर्दघाट,असार–७
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकालाई योगमय बनाउने गरी गरी नगरपालिका अघि बढेको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भएको छ ।
बर्दघाट नगरपालिकाको सहयोगमा त्रिनेत्र ज्येष्ठ नागरीक दिवा सेवा केन्द्रले आयोजना गरेको योग शिविरमा आयोजित ११ औं विश्व योग दिवस कार्यक्रमलाई सम्बोधनगर्दै नगर प्रमुख श्रेष्ठले उक्त कुरा बताउनु भएको हो ।

स्वस्थ्य निरोगी र दीर्गजीवी हुनका लागि नियमित रुपमा योग अभ्यास आवश्यक पर्ने भएकाले बर्दघाट नगरपालिकाले यो वर्ष नगरको चार स्थानमा योग शिविर सञ्चालन गरेको बताउदै आगामि वर्षका लागि एक वडा एक योग साधना केन्द्र रहने गरी नगरबाट बजेट विनियोजन गर्ने बताउनु भएको थियो ।

त्रिनेत्र ज्येष्ठ नागरीक दिवा सेवा केन्द्रका संयोजक तथा पतञ्जली योग समिति त्रिनेत्र धाम जिमिरेभारका अध्यक्ष नरेश पंगेनीको अध्यक्षतामा भएको ११ औं विश्व योग दिवस कार्यक्रममा बोल्दै नगर उप–प्रमुख रुद्र प्रकाश उपाध्यायले योग नियमित गर्ने गरेका स्वयम आफुलाई नै फाईदा हुने भएकाले जिवन स्वस्थ्य राख्नका लागि योग गर्ने बानी बसाल्न आग्रह गर्नु भएको थियो । कार्यक्रममा पतञ्जली योग समितिकी जिल्ला अध्यक्ष दिलकुमारी कुवंर, गंगावस्ती योग साधना केन्द्रका माधब तिवारी ,प्रकाश श्रेष्ठ लगाएतले सोअवसरमा बोल्नु भएको थियो ।