दाउन्ने सडक खण्ड हिलाम्मे हुँदा यात्रु तथा यातायातका सवारी साधनहरुलाई सास्ती
ठूला र भारी मालवाहक सवारी साधनहरु सञ्चालनमा रोक
कृष्ण ढकाल
बर्दघाट,असार–७
बुटवल–नारयणगढ राजमार्ग भएर यात्रा गर्ने यात्रु तथा यातायातका सवारी साधनहरुलाई दाउन्ने खण्ड हिलाम्मे हु“दा निक्कै सास्ती भएको छ।
पानी पर्नासाथ दाउन्ने क्षेत्रको राजमार्गमा यातायातका सवारी साधनहरु बन्दहुने गरेपछि यात्रामा रहेका यात्रुहरु देखि मालबहाक गाडीहरुले निक्कै सास्ती खेपिरहेका छन ।
गाडीमा खसीबोका,रागा“हरु देखि फलफुल बोकेका गाडीहरु र पत्रिका पुराएर फर्केका गाडीहरु सबै बर्दघाटको त्रिवेणी चोकमा लामवद्ध भएर बस्न बाध्यछन ।
जाममा परेका यात्रुहरुले राम्रो संग शौच गर्न समेत नपाएपछि आज बर्दघाट बजार विकास समिति र बर्दघाट जेसीजले स्थानिय बर्दघाट नगर सरकारसंग रहेको घुम्ति शौचालय लगेर यात्रामा जाममा परेकाहरुलाई निःशुल्क प्रयोग गर्ने वातावरण मिलाएका छन ।
यस अघि बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आफ्नो कार्यलय भित्र निःशुल्क पिउनेपानी र शौचालयको लागि खुल्ला गरेको संस्थाका अध्यक्ष दिपक लम्सालले बताउनु भएको छ ।
उता सडक विभाग आयोजना निर्देशनालय (ए डि.बि.) ले असार ७ गते देखि अर्काे सुचना प्रकाशित नहुन्जेल सम्मका लागि दाउन्ने सडक खण्डमा ठूला र भारी मालवाहक सवारी साधनहरु सञ्चालनमा रोक लगाएको छ ।
बिषेशगरी बुटवल–नारयणगढ सडक खण्डको गैडाकोट देखि दाउन्ने सम्मको ६४.४२ किलोमिटर खण्ड (ख) अन्र्तगत पर्ने विनय खोलाको ड्रइभर्सन मुख्य समस्याका रुपमा रहेको छ भने गैडाकोट देखि ६३ कि.मि. पश्चिम दाउन्नेमा निमार्ण भैरहेको कल्भट र ६४ कि.मि.मा लेदो माटोको समस्याले यातायातका सवारी साधनहरुलाई सास्ती भएको बुटवल–नारयणगढ सडक निमार्ण आयोजना पश्चिम खण्डका कन्सल्टेन्सी ईन्जीनियर शशी श्रेष्ठले बताउनु भएको छ ।
२०७९ साल साउनमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको चाइना स्टेट कर्पाेरेशनले २०७५ साल चैत्र महिनामा शुरु गरेको बुटवल–नारायणगढ सडक निमार्णको काम समयमा सम्पन्न नहुदा यात्रु देखि स्थानीयवासीहरुले निक्कै सास्ती खेपीरहनु परेको छ ।