कृष्ण ढकाल
बर्दघाट,असार–१
संस्थागत विद्यालयहरुका शिक्षकहरुको शैक्षिक गुणस्तर वृद्धिगर्ने उद्धेश्यले ब्राइट करीयर ट्रेडिङ्ग सेन्टर बर्दघाटले एक दिवसीय शिक्षक ब्यवसायी विकास प्रशिक्षण तालिम ( टिचर प्रोफेस्नल डेभलोप्मेन्ट ट्रेनिङ्ग ) सम्पन्न गरेको छ ।
ब्राइट करीयर ट्रेडिङ्ग सेन्टरका अध्यक्ष थम अधिकारीको अध्यक्षता प्रशिक्षक वविता थापाको स्वागत मन्तब्य र शिक्षक दिनानाथ शर्माको सञ्चालन रहेको उक्त तालिममा बाल विकास विज्ञ प्ररामर्शदाता पूजा कार्कीले सहजीकरण गर्नु भएको थियो ।
बर्दघाट नगरपालिका,सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकामा रहेको ९ वटा विद्यालयहरुका ६० जना शिक्षकहरुको सहभागिता रहेको सो तालीममा प्रि–प्राइमरी अर्थात पूर्वप्राथमिक तहका विद्यार्थीहरुलाई कसरी पठन–पाठन गर्ने भन्नेवारेमा जानकारी गराईएको आयोजक संस्थाकी ब्यवस्थापक नारायणी अधिकारीले जानकारी दिनु भएको छ।
प्रि–प्राइमरी तहमा आउने बाल बालिकाहरुलाई पारिवारीक संस्कार सहित उनीहरुको दैनिक जिवनसंग असर नपर्नेगरी मनोरञ्जनका माध्यामले सहजरुपमा शिक्षण सिकाइ प्रदान गर्नका लागि शिक्षकहरुलाई चक्रिय सिकाइ अभ्यासहरु गराउने गरी तालीमको आयोजना गरीएको ब्राइट करीयर ट्रेडिङ्ग सेन्टरकी ब्यवस्थापक अधिकारीको बताउनु भयो ।
बर्दघाटको दाउन्ने पार्टी प्यालेसमा शनिवार भएको उक्त लातीममा सहभागि शिक्षकहरुलाई बाल विकास विज्ञ प्ररामर्शदाता पूजा कार्कीले ई.सी.डी भनेको केहो ? , प्रि–प्राइमरीमा कक्षा कोठा कसरी ब्यवस्थापन गर्ने ? , कक्षामा गएर पढाउने तालीका कसरी तयार गर्ने र लागु गर्ने ? ,बालबालीकाहरुको दैनिक ब्यवहार कसरी सुर्धादै जाने ? बालबालिकाहरुलाई शिक्षण सिकाइ गर्दा कथा,नाटक,कविता, गीतको प्रयोग कसरी कुन बेला गर्ने ? लगाएतका बिषयमा जानकारी गराइएको ब्यवस्थापक अधिकारीले जानकारी गराउनु भएको छ ।
तालिमको समापन कार्यक्रममा बोल्दै ब्राइट करीयर ट्रेडिङ्ग सेन्टरका अध्यक्ष थम अधिकारीले बर्दघाट नगर क्षेत्रमा नै पहिलो पटक सञ्चालनमा आएको ट्रेडिङ्ग सेन्टरबाट उत्पादीत जनशक्तिले नवलपरासी क्षेत्रका संस्थागत र सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि गर्न सहयोग पुग्नेमा आफु विश्वस्त रहेको धारणा राख्नु भएको थियो । उहाँले संस्कार,मनोरञ्जन र शिक्षण सिकाइ पद्धतीले सबैखालका बालबालिकाहरुको जिवन शैलिमा उपलब्धीपूर्ण परिवर्तन आउने बताउदै त्यसका लागि अभिकावकहरु समेत सचेत हुन जरुरी रहेकोमा जोड दिनु भएको थियो ।
ब्राइट करीयर ट्रेडिङ्ग सेन्टर ,बर्दघाटले ३ महिने जुनीयर डिप्लोमा मन्टेश्वरी तालिम,१ महिने सिनीयर मन्टेश्वरी तालीम र शिक्षकहरुका लागि प्रशिक्षक प्रशिक्षण तालिम ( TOT) र अभिभावक तालिमको समेत ब्यवस्था रहेको अध्यक्ष अधिकारीले बताउनु भएको छ ।