कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–३०
सरकारले बजेट भाषणमा सुनचाँदी व्यवासयीहरुलाई बिलासिता बस्तुमा कर लागाएको विरोधमा नवलपरासी सुनचाँदी व्यवसायी संघ पश्चिम नवलपरासीले सदरमुकाममा बिरोध प्रर्दशन गरेका छ ।
सुनमा लगाएको २ प्रतिशत विलासिता कर खारेज गर्नुपर्ने माग राख्दै बिहीबार परासीमा बिरोध प्रर्दशन गरेका थिए ।
सरकारले आ.व. २०८२/०८३ को बजेट वक्तव्यमार्फत सुनचाँदि तथा हिरा पथ्थरका गरगहनामा विलासिता कर र भ्याट लगाउने घोषया गरेपछि देशभरका सुनचाँदी व्यवसायी आन्दोलित भएका छन ।
नवलपरासी सुनचाँदी व्यवसायी संघ पश्चिम नवलपरासीले विहिवार परासी सदरमुकाममा प्लेकार्ड सहित नारा जुलुस गर्दै प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी समक्ष पुगेर प्रमुख जिल्ला अधिकारी मार्फत बिलासिता बस्तूको कर खारेजीको माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापन पत्र बुझाउने क्रममा बोल्दै सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्य राजेन्द्र सुनारले सुनचाँदी र हिराका गरगहनाहरुलाई विलासिताको वस्तु भनेर सरकारले सुनमा २ प्रतिशत विलासिताको कर र १३ प्रतिशत भ्याट कर लागाउनु गलत भएकोले यसलाई तुरुन्त खारेजी गर्नु पर्ने धारणा राख्नु भएको थियो ।
अहिलेको सरकारले र व्यवासयीमैत्री निती ल्याउनु पर्ने, सुनको भन्सार ६ प्रतिशत कायम गर्नु पर्र्नेे र बिलासिता बस्तूको कर खारेजीको माग गर्दै ज्ञापनपत्र बुझाएको सुनचाँदी व्यवासयी संघका जिल्ला अध्यक्ष अर्जुन सुनारले बताउनु भएको छ ।
महासंघका केन्द्रिय सदस्य भिमसिंह बि।क।ले सरकारको बिलासिता बस्तुमा लागाईएको करले आम उपभोक्ता पनि मर्का पर्ने भएकोले उक्त कर अबिलम्ब हटाउनुपर्ने र सुन व्यवासयीहरुलाई कामगर्ने बतावरण सिर्जना गर्नु पर्ने बताउनु भएको छ ।
पश्चिम नवलपरासी जिल्लामा अहिले एक सय ६० जना सुनचाँदी व्यवसायीहरु संघमा आवद्ध रहेका छन ।