Garamin sakos

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बर्दघाट द्वारा भ्रष्टाचार बिरुद्व अभियान संचालनको तयारी

524

बर्दघाट, जेष्ठ २

क्रान्तिकारी कम्युनिस्ट पार्टी जिल्ला समिति नवलपरासी अन्तरगत बर्दघाट नगर सङ्गठन समितिले भ्रष्टाचार विरुद्ध अभियान संचालनको तयारी गरेको जनाएकाे छ । पार्टीको मंगलवार सम्पन्न बर्दघाट नगर समितिको पुर्ण बैठकले संस्थागत भ्रष्टाचारले देश खोक्रो भएको भन्दै अभियान संचालन गर्ने निर्णय गरिएको जनाएको हो ।

अभियानको क्रममा असार ५ गते केन्द्रीय योजना अनुसार जिल्ला सदरमुकाम परासीमा हुने अभियान उदघाटनलाई सफल बनाउने पालिका संयोजक राम प्रसाद अर्गेजाले बताएका छन । बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापाले नयाँ जनवादको खुडकिलो पारगर्दै बैज्ञानिक समाजवाद तर्फ अगाडी बढ्नु पर्ने बताए । पार्टी केन्द्रीय सदस्य एवं जिल्ला सेक्रेटरी रवि पाण्डेयले भ्रष्टाचार बिरुद्व आन्दोलन केन्द्रित गर्नुपर्ने आवश्यकता औल्याएका थिए ।

कार्यक्रममा पार्टी कार्यालय सदस्य गणेश बहादुर ढकाल , दुर्गा नारायण चौधरी, क्रान्तिकारी संयुक्त मोर्चाका संयोजक चुडामणि भण्डारी, सल्लाहकार बाबुराम मुसाफिर , गोबिन्द बहादुर साठिघरे लगायतकाे उपस्थिति रहेकाे थियाे। कार्यक्रम नगर संयोजक राम प्रसाद अर्गेजाको अध्यक्षता र ज्ञान बहादुर केसीको संचालनमा सम्पन्न भएको छ।