कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–२५
बर्दघाट–२,चिसापानीमा रहेको दिब्यज्योती माध्यामिक विद्यालयले शिक्षक प्रोत्साहन तथा क्षमता अभिवृत्ति कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयका प्रधानाध्यापक रमेश कुँवरको अध्यक्षता र विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिना बन्धु पाण्डेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
शिक्षकहरुको आनीवानीसंगै उनीहरुको अध्यापन शैलिमा परिर्वतन गरी उत्कृष्ट शिक्षण सिकाईको विकास गर्ने र बिद्यार्थीहरुलाई सहज र सरल तरीकाले सिकाउदै विद्यालयलाई नमुना शैक्षिक संस्थाका रुपमा अघिबढाउने उद्धेश्यले आयोजना गरीएको कार्यक्रममा बुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक डा। प्रकाश पौडेलले सहजीकरण गर्नु भएको थियो ।
सक्षम र पारदर्शी प्रशासन,गुणस्तरीय शिक्ष्ाँ दिब्यज्योतीको अभियान भन्ने मुलनाराका साथ आयोजना गरीएको कार्यक्रममा विद्यालयका शिक्षकहरुको सक्रिय सहभागिता रहेको थियो ।
