कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–२३
बेलाहानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले पलाष्टिक प्रदूषण न्यूनीकरण ः हाम्रो दायित्व भन्ने मुल नाराका साथ विश्व वातावरण दिवस २०८२ मनाएको छ । दिवस मनाउने क्रममा संस्थाले जनचेतना मुलक सरसफाई तथा वृक्षारोपण कार्यक्रम गरेको छ ।
संस्थाका उपाध्यक्ष एवं बेलाहानी खानेपानी सुरक्षा योजना उपसमिति संयोजक जिवनाथ पौडेको अध्यक्षता र संस्थाका अध्यक्ष वृहस्पति अधिकारीको प्रमुख आतिथ्यतामा भएको सप्ताह कार्यक्रमको समुद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले संस्थाले प्रदान गर्ने सेवाका वारेमा केन्द्रत रहेर सामाजिक नक्सा र पाईपलाइन नक्सा बनाउन अझै बाँकी रहेको बताउनु भएको थियो ।
संस्थाका वारेमा जानकारी दिन र सेवा प्रदान गर्न सहजता हुने भएकाले छिट्टै सामाजिक नक्सा र पाईपलाइन नक्सा छिट्टै बनाउने समेत जानकारी गराउनु भएको थियो ।
त्यसैगरी दोस्रो दिन संस्थाका उपाध्यक्ष एवम खानेपानी सुरक्षा योजना टिमका संयोजक जीवनाथ पौडेल को संयोजकत्वमा बर्दघाट नगरपालिका वडा नं। १ र १४का केहि भागमा संस्थाको खानेपानी वितरण प्रणाली अनुगमन , जोखिम विश्लेषण र समाधानको विषयमा छलफल तथा सुझाव संकलन गर्ने कार्य गरीएको सुरक्षा योजना संयोजक जीवनाथ पौडेल ले बताउनु भएको छ ।
वातावरण संरक्षणमा सबै सरोकारवालाले ध्यानदिन र वातावरणको संरक्षणका लागी बृक्षारोपण गर्दै सिमसार तथा ताल तलैयाहरुको बिकास एवं बिस्तार र संरक्षण गर्न जरुरी रहेको सहभागिहरुले औल्याएको संयोजक पौडेलले बताउनु भयो ।
जलवायु परिवर्तनका कारण हिमताल फुट्ने र विपद् आउने क्रम बढिरहेको हुँदा वातावरण संरक्षणमा सबै लाग्न र रोपिएका बिरुवाहरूको संरक्षण अनिवार्य छ ।