कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–२२
“सुरक्षित सरसफाइमा समावेशितास् हाम्रो प्रतिबद्धता, भन्ने मुल नाराका साथ देशैभरी एकसाथ मनाईएको राष्ट्रिय सरसफाइ सप्ताह २०८२ लाई पश्चिम नवलपरासीमा पनि सरोकारवाला संघ संस्थाहरुले आ–आफ्नै शैलिमा मनाएका छन ।
बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, बर्दघाट–४ ले विश्व बाताबरण दिवसको अवसरमा आज नगरका सरोकारवाला संघ संस्था तथा कार्यालय प्रमुख र जनप्रतिनिधिहरुका विच एक कार्यक्रम सहित आफ्नो रजत पार्कमा सौन्दरीकरण हुने प्रकृतिका विरुवाहरु रोपेर दिवस मनाएको छ ।
सस्थाका अध्यक्ष दिपक लम्सालको अध्यक्षता र बर्दघाट नगरपालिकाका निर्वतमान नगरप्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्यालले वातावरण संरक्षणमा सबै लाग्नुपर्नेमा जोडदिनु भएको थियो ।
त्यसैगरी सोही कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्रप्रकाश उपाध्यायले वातावरण संरक्षणको कुरा गरेर भन्दा पनि दैनिक ब्यवहारमा लागुहुने गरी काम गर्न जरुरी रहेको बताउनु भएको थियो । त्यसैगरी बर्दघाट नगरपालिकाले नगरको वातावरणलाई सन्तुलित राख्न कुनै पनि भौतिक योजनामा बजेटको दुई प्रतिशत रकम वातावरण संरक्षणमा विनियोजन गर्ने गरी योजना अघि सारेको धारण राख्नु भएको थियो।
बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव शोभाकान्त कोइरालाको सञ्चालन र उपाध्यक्ष कमल थापाको स्वागत मन्तब्यवाट शुरु भएके कार्यक्रममा बर्दघाटनगरपालिका वडा नं. ४ का वडाध्यक्ष बेदबिना तिवारी, कार्यपालिका सदस्य गोबिन्द वि.क., मन्जु चालिसे, संस्थाका निवर्तमान अध्यक्ष धातानन्द बस्याल, पूर्व अध्यक्ष सिद्धिबिलास हमाल, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका जिल्ला अध्यक्ष देवीदत्त सापकोटा, पारिजात सामुदायिक वनका उपाध्यक्ष राजबहादुर पाण्डे, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ताराप्रसाद गौतम, र बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकालले आफ्ना धारणा राख्दै वातावरण संरक्षणमा सबै सरोकारवालाको ध्यानदिन जरुरी रहेकोमा जोड दिएका थिए । वातावरणको संरक्षणका लागी बृक्षारोपण गर्दै सिमसार तथा ताल तलैयाहरुको बिकास एवं बिस्तार र संरक्षण गर्न जरुरी रहेको उनीहरुको भनाई थियो ।
जलवायु परिवर्तनका कारण हिमताल फुट्ने र विपद् आउने क्रम बढिरहेको बताउँदै वातावरण संरक्षणमा सबै लाग्न र रोपिएका बिरुवाहरूको संरक्षण अनिवार्य जरुरी रहेको बताएका थिए ।