बर्दघाट,जेष्ठ -२२
बर्दघाट नगरपालिका प्राकृतिक दृष्टिकोणले अत्यन्त धनि छ । वनजङ्गल तथा पानिका मुहान प्रशस्त हुनाले पनी यहाँ उल्लेखनिय जैविक विविधता पाइन्छ जसले वातावरण सन्तुलनमा टेवा पुऱ्याएको छ । यद्यपी मानव वस्ती तथा वनजङ्गल निकट भएका कारण बेलाबखत मानव र प्रकृति बिच द्वन्द्व सृजना पनि भइरहेकै छ जसको एक उदाहरण सर्पदंश पनि हो ।
नगरपालिकामा मुख्यतः गर्मी महिनामा सर्पदंशका केसहरु बढी देखा पर्ने गरेका छन् । बर्दघाट नगरपालिकाका उद्धारकर्मी दुर्गा लामिछानेका अनुसार वि. सं. २०८१ मा मात्रै नगरपालिका भित्र १९ प्रजातिका ३३८ वटा सर्पहरुको उद्धार गरिएको छ । उद्धार गरिएका सर्पहरुमा गोमन सर्प ( १३८ वटा ), करेत ( ३९ वटा ), अजिङ्गर ( ३८ वटा ), धामन ( २९ वटा ), पानी सर्प ( २६ वटा ), बाघे सर्प ( १६ वटा ), ब्वाँसे सर्प ( ८ वटा ), सानो सिङ्गारे सर्प ( ६ वटा ), अन्धो सर्प ( ६ वटा ), हरहरे सर्प ( ५ वटा ), कालो टाउके सर्प ( ५ वटा ), खुकुरी सर्प ( ४ वटा ), सिरिसे रुख सर्प ( ४ वटा ), बतासे सर्प ( ४ वटा ), हरेउ सर्प ( ४ वटा ), सिङ्गारे सर्प ( ३ वटा ), ओलिभ किलब्याक सर्प ( १ वटा ), तक्षक नाग ( १ वटा ), तथा राज गोमन ( १ वटा ) थिए । विषाक्तताका आधारमा हेर्दा उद्धार गरिएका सर्पहरुमा ५९ % विषालु , १ % मन्ध विषालु तथा ४० % अविषालु सर्प थिए । नगरपालिका भित्रका १६ वडा मध्ये वि. सं. २०८१ मा सबैभन्दा बढी सर्प उद्धार वडा नं ४ बाट गरिएको थियो ।
उद्धारकर्मी दुर्गा लामिछानेका अनुसार बर्दघाट नगरपालिका भित्र सर्प उद्धारमा आइपरेका मुख्य चुनौतिहरु उद्धारकर्मीलाई शुन्य वा अति न्यून पारिश्रमिक, उद्धारका लागि आवश्यक श्रोत साधनमा कमी, उद्धारकर्मीलाई आवश्यक तालिमको व्यवस्था नहुनु , तथा जनमानसमा अझै पनि सचेतनाको कमी हुनु हो । उद्धारकर्मीहरुको उचित आर्थिक, शारीरिक, तथा सामाजिक सुरक्षा हुन सकेमा सर्पदंशको जोखिम न्यूनीकरण गर्न सर्प उद्धारमा खटिन थप प्रोत्साहन मिल्ने लामिछाने बताउँछन् ।
यो प्रतिवेदन राज अधिकारीले तयार पार्नुभएको हो भने तथ्याङ्क बर्दघाट नगरपालिकाका सर्पउध्दारकर्मी दुर्गा लामिछाने बाट लिइएको हो ।