कृष्ण ढकाल
बर्दघाट,जेष्ठ– १८
बर्दघाट नगरपालिकाले नगरका एच.आई.भि.संक्रमित तथा प्रभावितका लागि पोषण सामाग्री वितरण गरेको छ । नगरपालिकाको सभाहलमा आयोजित पोषण सामाग्री वितरण कार्यक्रममा बोल्दै बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठले एच.आई.भि.संक्रमित तथा प्रभावित भएकाहरुको स्वास्थ्य,शिक्षा र पोषणमा नगरले काम गरीरहेको बताउनु भयो । उहाले प्रभावित तथा संक्रमित बिद्यार्थीहरुलाई सामुदायिक विद्यालयमा कुनैपनि शुल्क नलिने र छात्रवृत्रिको ब्यवस्था गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।
अहिले मानिसहरु जन्मदै कुनै न कुनै रोगको समस्या लिएर जन्मीने गरेको बताउदै एच.आई.भि.संक्रमित हुनेहरुले संकुचित भएर हैन खुलेर खुशिहुन सिक्नु पर्ने बताउनु भएको थियो ।
त्यसैगरी नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले रगतको संसर्गवाहेक अन्य कारणले एच.आई.भि. नसर्ने भएका कारण रोगबाट डराउने भन्दा पनि रोग बढ्न नदिनका लागि नियमित औषधीको सेवन गर्न सुझाव दिनु भएको थियो । एच.आई.भि.संक्रमित तथा प्रभावितका लागि बर्दघाट नगरले पनि काम गरीरहेको स्मरण गराउदै रोजगार बन्नका लागि तालिमको आवश्यकता रहेमा नगर तयार रहेको जानकारी गराउनु भएको थियो ।
बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षता र स्वास्थ्य शाखाका स्वास्थ्य अधिकृत कृष्णहरि पौडेलको सञ्चालन रहेको कार्यक्रममा सामाजिक विकास समितिका संयोजक भिमकाजि गुरुङ,निमित्य प्रमुख प्रसासकिय अधिकृत पुस्कर काफ्ले,शिक्षा ,प्रशासन शाखा प्रमुख पशुपति गैरे,जनस्वास्थ्य निरिक्षक रिकमान श्रेष्ठ,युवा तथा खेलकुद शाखाका प्राविधिक प्रमुख धनपति पौडेल,बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकाल(कृष्ण),लुम्बिनी प्लसकी रिता शर्मा,पृथ्वीचन्द्र अस्पतालका फोकल प्रशन लगाएतको उपस्थिती रहेको थियो ।
२०७७ साल देखि बर्दघाट नगरमा रहेका एच.आई.भि.संक्रमित तथा प्रभावितका लागि काम गर्दै आएको बर्दघाट नगरपालिकाले लुम्बिनी प्लस नामक संस्थासंगको सहकार्य एवं समन्वयमा बर्दघाट नगरमा रहेका एच.आई.भि.संक्रमित तथा प्रभावितका लागि पोषण सामाग्री वितरण गरेको हो ।
नगरको तथ्याङ्क अनुसार गत बर्ष १ सय ५ जनामा एच.आई.भि.संक्रमित तथा प्रभावितहरु लुम्बिनी प्लस मार्फत नगरको सम्पर्कमा आएका थिए भने यो वर्ष १ सय १५ जना सम्पर्कमा आएको स्वास्थ्य शाखा प्रमुख माधब ज्ञवालीले जानकारी दिनु भएको छ । गैरसहकारी संस्था सहभागि ,सेभ द चिल्ड्रन्स र लुम्बिनी प्लस मार्फत बर्दघाट नगरपालिकाले एच.आई.भि.संक्रमित तथा प्रभावितहरुका सवालमा काम गरीरहेको शाखा अधिकृत ज्ञवालीको भनाइ रहेको छ ।