कृष्ण ढकाल
बर्दघाट,जेष्ठ– १८
बर्दघाट नगरपालिका वडा न.ं ४ को दिव्यनगरमा निमार्ण गरीएको दिव्यशान्ति इको पार्क यतिवेला सबैको रोजाइमा पर्न सफल भएको छ। शान्त,सुन्दर र यातायातको सहज पहुंच संगै स्थानियवासीहरुको अपनत्व रहेको उक्त इकोपार्क यतिवेला आन्तरीक पर्यटकको लागि रोजाइको केन्द्र बन्न पुगेको हो ।
दिव्यशान्ति इको पार्क आन्तरीक पर्यटकहरुको रोजाइमा पर्न थालेपछि स्थानिय संघ–संस्था देखि बर्दघाट नगर सरकार र प्रदेश सरकारले समेत उक्त पार्कको प्रबद्धनका लागि लगानी गरीरहेका छन ।
यस आर्थिक बर्षमा लुम्बिनी प्रदेश सरकारले गरेको लगानीवाट पार्कको टिकट घर, पार्कक्षेत्रको तारजाली र गेट निमार्ण गरी शनिवार एक कार्यक्रमका विच लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देवकरण कलवारले समुदघाटन गर्नु भएको छ ।
सो अवसरमा बोल्दै मन्त्री कलवारले लुम्बिनी प्रदेशमा ५ लाख क्युफिट काठ रहेकोले अब काठ आयात होइन, निर्यात गर्नु पर्ने अवस्था आउने बताउनु भएको थियो । मन्त्री कलवारले हाम्रो देशमा काठ प्रशस्त भएर पनि बिदेशबाट आयात भइरहेकोले योकार्य तुरुन्त रोक्नु पर्ने बताउनु भयो उहााले प्रदेशमा भएको काठको उपयोग गर्न नागरिकले नागरिकताको प्रतिलिपि र रकम बुझाएपछि सहज रूपमा काठ पाउने वातावरण बनाउनु पर्ने र त्यसका लागि आफुले पहल गर्ने बताउनु भएके थियो । त्यत्तिमात्र हैन लुम्बिनी प्रदेश सरकारबाट निर्माण सबै संरचनामा झ्याल तथा ढोका काठकै प्रयोग गराउने अभियान संचालन गर्ने तयारीमा रहेको समेत जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा बर्दघाट नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले इको पार्क वातावरणमैत्री विकासको राम्रो उदाहरण भएको उल्लेख गर्दै फलाम र सिमेन्टजस्ता अत्यावश्यक सामग्रीबाहेक अन्य संरचना काठबाटै निर्माण गर्नुपर्ने धारणा व्यक्त गर्नु भएको थियो । राज्यले दिएको भन्दा पनि समुदायले माग गरेका क्षेत्रमा बजेट लगानी गरेमा त्यसको उपलब्धि प्रभावकारी हुने नगर उपप्रमुख उपाध्यायको भनाइ रहेको थियो ।
दिव्यशान्ति इको पार्क व्यवस्थापन समितिका अध्यक्ष गोपालसिंह राना मगरको अध्यक्षता ,उपाध्यक्ष दानबहादुर शाहीको स्वागत मन्तव्य र कोषाध्यक्ष अमर थापाको सञ्चालन रहेको उक्त कार्यक्रममा बोल्दै बर्दघाट–४ का वडाध्यक्ष वेदविना तिवारी, पारिजात सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कमानसिंह थापा र दिव्यनगर टोल विकास संस्थाका अध्यक्ष भीमबहादुर रानाले सार्वजनिक जग्गाको संरक्षण र पार्क व्यवस्थापन सन्तोषजनक रहेको बताएका थिए।