कृष्ण ढकाल
जेठ –१५
गणतन्त्रको बिकल्प अरूहुन नसक्ने नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तिलक महतले बताउनु भएकाे छ । प्रेस चाैतारी नेपाल नवलपरासीले आज जेठ १५ गते गणतन्त्र दिवसकाे अवसरमा ”अायाेजना गरेकाे गणतन्त्रकाे अपरिहार्यता ” विषयकअन्तरक्रिया कार्यक्रममा बाेल्दै नेता महतले उोफ कुरा बताउनु भएकाेहाे ।
केन्द्रीय कमिटी सदस्य महतले गणतन्त्रको बिकल्प अरू हुन नसक्ने भन्दै यसलाई अझ उत्कृष्ट बनाएर लैजान सुधारीएर जानुपर्ने बताउनु भयाे । उहाँले २४० बर्ष लामाे शाहवंशीय राजा परम्पराकाे अन्त्य जनताकाे छाेराछाेरी राष्ट्रप्रमुख बन्ने अवसर गणतन्त्रले दिएकाेले परिणाममुखि दिगाे बिकासका लागि देशमा राजनीति स्थायित्व आवश्यक रहेकाेमा जाेड दिनुभयाे ।
प्रेस चाैतारी नेपाल नवलपरासीका जिल्ला अध्ययक्ष गाैरीशंकर जैसवालकाे अध्यक्षता एवं नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तिलक महतकाे प्रमुख आतिथ्यतामा भएकाे अन्तरक्रिया कार्यक्रममा बाेल्दै नेकपा एमाले केन्द्रीय स्कुल विभाग सदस्य बद्रीनाथ खनालले गणतन्त्रको उदय,गणतन्त्रले दिएकाे उपलब्धि ,ओैचित्य र पछिल्लो अवस्थामा गणतन्त्रमा देखिएकाे चुनाैती लगाएको विषय समावेश गरी कार्यपत्र प्रस्तुत गर्नुभएकाे थियाे ।
त्यसैगरी साेहि कार्यक्रममा बाेल्दै नेकपा एमाले नवलपरासी जिल्ला कमिटी अध्यक्ष दिपेन्द्र कुमार अधिकारीले दलगत स्वार्थ र जुङ्गाकाे लडाइले गणतन्त्र खतरामा पर्ने भएकाेले यसलाई जाेगाउन गणतन्त्र पक्षधरहरू एक ठाउँमा उभिन आग्रह गर्नुभयाे । उहाँले देशमा जबजब नेकपा एमालेले सरकारकाे नेतृत्व गर्छ अनि मात्र विकासका कामले गति लिने गरेकाे बताउनुभयाे ।
प्रेस चाैतारी नेपाल नवलपरासीको सचिव कल्पना खरेलकाे संचालन र उपाध्यक्ष सुरेस यादवकाे स्वागत रहेकाे कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष केशव पराजुली , नेकपा एमाले बुद्धिजीवी परिषदकाे केन्द्रीय सदस्य सुमन गाेपाल आचार्य, प्रेस यूनियनका अध्यक्ष उमेश वि.क लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।