Bardaghat Na pa

सुसाशन र रोजगारीको मागराख्दै नेकपा एकिकृत समाजवादीले ज्ञापन पत्र बुझायो

576

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–१३
पश्चिम नवलपरासी जिल्लाका पालिकाहरुले सुसाशन र रोजगारीलाई ध्यानमा राखेर आफ्नो निति ,कार्यक्रम तथा वार्षीक योजनाहरु ल्याउनु पर्ने माग राख्दै नेकपा एकिकृत समाजवादी जिल्ला समितिले आज पालिकाहरुमा ज्ञापन पत्र बुझाएको छ ।

पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज वृहस्पति अधिकारीको नेतृत्वमा पालिकाहरुमा गएको जिल्ला समितिको टोलीले आर्थिक बर्ष २०८२/०८३ को निति तथा कार्यक्रम र योजनाहरु ल्याउदा सुसाशन र रोजगारीको ग्यारेन्टी हुनेगरी योजना ल्याउन सुझाव दिदै पालिका प्रमुखहरुलाई ज्ञापन पत्र बुझाएको पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चाज वृहस्पति अधिकारीले जानकारी गराउनु भएको छ ।

पालिकाहरुमा दिएको ज्ञापन पत्रमा जनताहरुलाई स्वच्छ र सुलभ खानेपानीको ब्यवस्था गर्नु पर्ने,खाद्यान्नको खरीद बिक्रि गर्दा हुने जर्ती प्रर्था तत्काल हटाउनु पर्ने,सरकारी विद्यालयहरुमा बिभिन्न वहानामा लिदै आएको शुल्क हटाउनु पर्ने,संस्थागत विद्यालयहरुका शिक्षकहरुलाई सरकारले तोके सरहको पारिश्रमीक दिने ब्यवस्था गर्नु पर्ने,राज्यले दिने निःशुल्क औषधीहरु सधै स्वास्थ्य संस्थाहरुमा हुनु पर्ने लगाएतका १४ बुंधे माग रहेका छन ।