कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–११
बर्दघाट नगरलाई आगामी तिन बर्ष भित्र बालमैत्री नगर घोषणा गर्ने तयारीका साथ बर्दघाट नगरपालिका अगाडि बढेको बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भएको छ । आइतबार बर्दघाट नगरपालिका वडा नम्बर ८ बालमैत्री वडा घोषणा कार्यक्रमलाई सम्बोधनगर्दै श्रेष्ठले उक्त कुरा बताउनु भएको हो । नगर प्रमुख श्रेष्ठले बालबालिका विरुद्ध हुने सबैखाले हिंसाहरु, यातनाहरु र भेदभाव तथा शोषणबाट मुक्त गराई सभ्य, सुन्दर र समृद्ध नगर बनाउन सबै नगरबासीले एक भएर लानु पर्ने धारण राख्नु भएको थियो ।
त्यसैगरी सोही कार्यक्रममा बोल्दै नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले बालबालिकाले आफुलाई सुरक्षित महसुस गरेमा मात्र बालमैत्री घोषणाको मर्मले सार्थकता पाउने बताउनु भयो । उहाले बालमैत्री घोषणा भएपछि आउने विभिन्न चुनौतीहरु नगर र वडाको सयुक्त पहलमा सामना गर्दै बालमैत्री स्थानीय शासन कायम गर्दै यस उपलब्धिहरुको रक्षा गर्दै सरक्षण गर्नु पर्ने दायित्व थपिएको बताउनु भएको थियो ।
बर्दघाट नगरपालिकाका वडा नम्बर ९ र ५ पछि वडा बालमैत्री घोषणा गर्ने काम वडा नं. ८ ले गरेको छ । आइतबार बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट वडा नं. ८ लाई बालमैत्री वार्ड घोषणा गर्नु भएको कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले बालमैत्री स्थानीय शासन अनुसार समुदायले स्वमित्व लिदै बालमैत्री कायम गर्नु पर्नेमा जोड दिनुभएको थियो । स्थानीय सरकारले घोषणा गरेको बालमैत्री घोषणा समुदायले कायम गरी बालबालिकाका अधिकार शुरक्षित गर्दै अगाडि बढ्नु पर्ने खनालको भनाइ थियो।
वडा नं. ८ लाई बालमैत्री वार्ड घोषणा गर्न २०७६ देखि बालमैत्री अभियान सुरु गरीएको वडा अध्यक्ष कबिराज आचार्यले बताउनु भएको छ । वडामा रहेका ४ वटा टोलका ३ सय ६० घर परिवारमा १ हजार ७ सय ३७ जनसंख्या रहेको र ४ सय २४ जना १८ बर्ष मुनिका बालबालिकाहरु रहेको वडाको तथ्याङ रहेको बताउनु भयो ।
वडाले बालमैत्री स्थानीय शासन कार्यन्वयन निर्देशिका( २०७८ र बालमैत्री स्थानीय शासन घोषणा कार्यबिधि (२०७९ अनुसारका ५१ वटा सुचकहरु पुरा गरेर वडाले बाल बचाउको क्षेत्रमा १४ सुचक, संरक्षणको क्षेत्रमा १० वटा सुचक, बाल बिकासमा ६ वटा सुचक, सहभागीमा ६ र सस्थागतमा जम्मा १५ वटा गरि ५१ वटा सुचक पूरा गरेको वडा अध्यक्ष आचार्यले बताउनु भयो ।
बालमैत्री वडा घोषणा कार्यक्रममा बर्दघाट नगरका बालमैत्री फोकल प्रर्सन माधव ज्ञावाली ,बालमैत्री सहजकर्ता शर्मीला पौडेल, अधारभुत स्वास्थ चौकीका प्रमुख ज्ञान प्रसाद न्यौपाने,बालकल्ब, बाल सन्जालका प्रतिनिधि, जनप्रतिनिधि, स्थानीय वडा बासीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।