कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–११
बर्दघाट २ चिसापानीमा रहेको दिब्य ज्योती मा. बि. ले बाल क्लबको निर्वाचन सम्पन्न गरेको छ । कक्षा ६ देखि कक्ष्ाँ १० सम्मका बिद्यार्थीहरु बिच गरीएको बाल क्लबको निर्वाचनमा २७ जना बिद्यार्थीहरुले बिभिन्न पदका लागि आफ्नो उमेदवारी दिएका थिए ।
६ सय २९ जना बिद्यार्थी मतदाता रहेको बाल क्लबको निर्वाचनका लागि बिद्यालयका सहायक प्रद्यानाध्यापक कल्पना ज्ञवाली निर्वाचन अधिकृतका रुपमा रहनु भएको थियो भने मतदान अधिकृतका रुपमा शिक्षक गोबिन्द बहादुर थापा र कृष्ण अधिकारी रहनु भएको थियो ।
शुक्रवार भएको दिब्य ज्योती बाल क्लबको निर्वाचनमा कक्ष्ाँ १० (क) का आदेश पुरीले २ सय ४५ मत प्राप्त गरेर क्लबको अध्यक्ष पदमा विजयी भएका छन भने उनका प्रतिद्धन्द्धी कक्षा ९ (क) का देव पाण्डेले १ सय ६९ मत प्राप्त गरेका छन । त्यसैगरी अर्की कक्षा ७ (ख) की प्रतिद्धन्द्धी सुप्रिया खत्रीले ६९ मत प्राप्त गरेकी छन ।
त्यसैगरी उपाध्यक्ष पदमा कक्षा १० (क) का विनय भण्डारी २ सय ८ मत प्राप्त गरी विजयी भएका छन भने उनका प्रति प्रतिद्धन्द्धी कक्षा ९ (क) का श्रीष विक्रम थापाले १ सय ७१ मत प्राप्त गरेका छन । त्यसैगरी अर्की कक्षा ७ (ख) की प्रतिद्धन्द्धी चन्द्र कला भण्डारीले ९२ मत प्राप्त गरेकी छन ।
सचिव पदमा कक्षा १० (क) का दिपेश पौडेलले ३ सय ३३ मत प्राप्त गरी विजयी भएका छन भने उनका प्रति प्रतिद्धन्द्धी कक्षा ८ (ग) का आयुष वि.क.ले ९५ मत प्राप्त गरेका छन । त्यसैगरी अर्की कक्षा ७ (ख) की प्रतिद्धन्द्धी आरती वि.क.ले ४८ मत प्राप्त गरेकी छन ।
सह–सचिवका लागि ५ जनाले प्रतिष्प्रद्र्या गरीरहदा २ सय ५० मत प्राप्त गरेर कक्षा ९ (ख) का कुशल बुढाले विजय भएका छन । त्यसैगरी ६ जनाको खुल्ला सदस्य पदका लागि १३ जनाले प्रतिस्प्रद्र्या गरीरहदा मदन विश्वकर्माले ३ सय ५६ मत, कुष्ण पुन मगरले २ सय ६६ मत, दिपक डुम्रेले २ सय ५८ मत ,सन्दिप सुवेदीले २ सय २४ मत,जेनिसा अधिकारीले २ सय ६ मत र अवार्ड पौडेलले १ सय ९० मत प्राप्त गरी खुल्ला सदस्य पदमा विजयी भएको मतदान अधिकृत कृष्ण अधिकारीले जानकारी गराउनु भएको छ ।