कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–५
नेपाल रेडक्रश सोसाईटी बर्दघाट उपशाखाले आयोजना गरेको अन्तर मा.बि.वतृत्वकला प्रतियोगितामा ग्लोरिएस मा.बि.की ईस्वरी जि.सी. प्रथम हुन सफल भएकी छन ।
५० पूर्णाङ्क रहेको प्रतियोगितामा जि.सीले ४१ दशमलव ३३ अंक प्राप्तगरी अन्तर मा.बि.वतृत्वकला प्रतियोगितामा प्रर्थम हुन सफल भएको प्रतियोगिताका निर्णायक संयोजक हुमनाथ आचार्यले जानकारी दिनु भएको छ । त्यसैगरी न्यूलाईफ मा.बि.की अनुस्का ढकालले ४० अंक प्राप्त गरी द्धितिय भएकीछन भने दिब्यज्योती मा.बि.का दीपेश पौडेलले ३८ अंक प्राप्त गरी तृतिय भएका छन ।
बर्दघाट नगरका संस्थागत र सामुदायिक गरी १६ वटा मा.बि.हरुले सहभागिता जनाएको अन्तर मा.बि.वतृत्वकला प्रतियोगितामा बर्दघाट प्रज्ञा प्रतिष्ठानका भाषा तथा साहित्य विभाग प्रमुख हुमनाथ आचार्य,दिब्यज्योती बहुमुखी क्याम्पस,चिसापानीका पूर्व क्याम्पस प्रमुख कृष्णवन्धु पौडेल र नेपाल रेडक्रश सोसाईटी जिल्ला सदस्य दिर्घप्रसाद घिमिरे निर्णायकका रुपमा रहनु भएको थियो ।
नेपाल रेडक्रश सोसाईटी बर्दघाट उपशाखाका जु.रे.स. संयोजक डि.बि. अधिकारीको अध्यक्षता र नेपाल रेडक्रश सोसाईटी जिल्ला शाखा नवलपरासीका महामन्त्री ऋषिराम सुवेदीको प्रमुख आतिथ्यतामा भएको अन्तर मा.बि.वतृत्वकला प्रतियोगिता तथा प्रशिक्षण कार्यक्रममा बर्दघाट उपशाखाका सभापति नारायण अधिकारी,जिल्ला सदस्य दिर्घप्रसाद घिमिरे,बर्दघाट उद्योग वाणीज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने,नेपाल रेडक्रश सोसाईटी जिल्ला शाखाका प्रशिक्षक संगम पाण्डे लगाएतले आ–आफ्नो धारणा राख्नु भएको थियो ।
बर्दघाट उद्योग वाणीज्य संघको सभाहलमा भएको उक्त कार्यक्रमको सञ्चालन नेपाल रेडक्रश सोसाईटी बर्दघाट उपशाखाका सचिव धनन्जय पौडेलले गर्नु भएको थियो ।