sunwal

उद्योग ब्यापार संघ बर्दघाटले बजार क्षेत्रमा १५ वटा फायर एक्सटिंगुइशर राख्यो

492

कृष्ण ढकाल
बर्दघाट, जेष्ठ–१
उद्योग ब्यापार संघ बर्दघाटले बर्दघाट बजारका बिभिन्न १५ वटा चोकहरुमा फायर एक्सटिंगुइशर राखेको छ । बर्दघाट नगरीका उद्योगी ब्यापारीहरुको हक,हित र अधिकारका लागि केहि महिना अघिमात्र दर्ता भएको उद्योग ब्यापार संघ बर्दघाटले बर्दघाट बजार चोकहरुमा फायर एक्सटिंगुइशर राखेको हो ।

बिधुत सर्र्ट भएर तथा कुनै कारणवस हुने आग्लागीका घट्नाहरुले उद्योगी ,ब्यापारीहरु पटक–पटक मारमा पर्ने समस्याहरुको न्युनिकरणका लागि उद्योग ब्यापार संघ बर्दघाटले फायर एक्सटिंगुइशर राखेको संघका अध्यक्ष राजु न्यौपानेले बताउनु भएको छ ।

बर्दघाट बजारको अर्जुन खाजाघर,जिन्स टेलर,दाउन्ने डेरी,बस्याल किराना पसल,रम्भा मेडिकल हल,जनता पुस्तक पसल,भरत कंडेल रेष्टूरेन्ट,डेभिट स्कुल चोक लगाएतका स्थानहरुमा
फायर एक्सटिंगुइशर राखीएको छ ।

कुनै पनि वेला बजार क्षेत्रमा कुनै आग्लागीका घट्नाहरु भएमा त्यसको न्यूनिकरण गर्न सहज होस भन्ने उद्धेश्यले उद्योग ब्यापार संघ बर्दघाटले बजारको चोक–चोकमा फायर एक्सटिंगुइशर राखे पछि बजार क्षेत्रका ब्यपारीहरु देखि स्थानिय सबैले उद्योग ब्यापार संघ बर्दघाटले नविनतम कामगरेको भन्दै धन्यवाद प्रकट गरेका छन ।