Garamin sakos

चिसापानी अस्पतालको डिजिटल एक्सरे कोरिया पठाएर मर्मत पछि सेवा सुरु

444

बर्दघाट ,फागुन–२६

पश्चिम् नवलपरासीको बर्दघाट नगरलिका वडा नम्बर २ मा रहेको चिसापानी नगर अस्पतालको डिजिटल एक्सरे सेवा पुनः सञ्चालनमा आएको छ ।बिग्रेपछि लामो समय सम्म मेनुवल एक्सरेले सेवा दिदै आईरहेको अस्पतालले डिजिटल प्रविधिको उक्त एक्सरे मेसिन मर्मत भएर आएपछि सहज रुपमा सेवा सुचारु भएको हो ।

२०७९ चैत्र १७ गते फुजि कम्पनीको बुटवलमा रहेको सप्लायर्स डिलर एचआर मेडिको कन्सर्न प्राली बाट एक्स रे मेसिन खरिद गरिएको थियो ।

१ बर्षको वारेन्टी रहेको कोरियन कम्पनीको डिआर मेसिन विग्रीएर थन्किएको थियो ।मर्मतमा निकै समय आलटाल गरेको कम्पनीले अन्ततःमेसिन मर्मत गरिदिएको हो ।नेपालमै मर्मत हुन सम्भव नभएपछि निकै प्रयासका बाबजुद कोरिया पठाएर मर्मत सेवा सुरु भएको हो ।

गत असार बाट बिग्रेर थन्किएको मेसिनले केही दिन अघि बाट काम गर्न सुरु गरेको अस्पतालका जनस्वास्थ्य अधिकृत रमेश न्यौपानेले जानकारी दिनुभयो ।मेनुअल एक्सरे बाट प्रष्ट रुपमा साना साना समस्याहरु नदेखिने हुँदा सेवा प्रभावित बनेको थियो ।

अहिले सहुलियत मुल्यमा अस्पताबाट थाईराड चेकजाँच देखि विभिन्न प्रकारका ल्याब टेस्टहरु हुँदै आईरहेको न्यौपानेले बताउनु भयो ।अस्पतालले सेवालाई थप प्रभावकारी बनाउदै लैजानु पर्ने स्थानियले बताउँदै आएका छ्न ।