sunwal

बर्दघाटको भुताहामा ११ दिने शिवपुराण ज्ञान महायज्ञ चल्दै

509

बर्दघाट,फाल्गुन –५
पश्चिम नवलपरासीको बर्दघाट–९ नाउडाँडास्थित कैलासकोट शिव मन्दिरको आयोजनामा अाइतवार देखि ११ दिने शिवपुराण ज्ञान महायज्ञ सुरु भएको छ। फागुन ४ गतेदेखि सञ्चालन भएको महायज्ञको पहिलो दिन कलश यात्रा सहित यज्ञकाे समुद्घाटन गरीएकाे थियाे ।
महायज्ञमा भागवत अलङ्कार पं. श्री नेत्र प्रसाद नरोत्तम शरण प्रमुख वाचक रहनु भएको छ। महायज्ञकाे उद्घाटन सन्त शिरोमणी श्री १००८ स्वामी विवेकानन्द सरस्वती जी महाराजले गर्नुभएको थियो। महायज्ञकाे उद्घाटन गर्दै वैदिक धर्मको संरक्षण, यज्ञलाई ज्ञान र आध्यात्मिक उद्देश्य अनुरूप सम्पन्न गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
साेही अवसरमा बाेल्दै महायज्ञ आयोजना मूलसमारोह समितिका संयोजक चापागाईंले श्री कैलासकोट शिव मन्दिर, बर्दघाट-९ भुताहाको पुनर्निर्माण तथा जग्गा खरिद गरी धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको जानकारी दिनुभयो। सनातन वैदिक धर्म, संस्कृति, दर्शन, परम्परा, रीतिरिवाजको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने लक्ष्य महायज्ञले राखेकोचापागाइले बताउनु उनु भएकाे िथयाे।

महायज्ञ अवधिभर हरेक दिन बिहान पूजा, आराधना, शिव पुराण पाठ, हवन एवं अभिषेक, कथा प्रवचन, साँझ महाआरती तथा प्रसाद वितरण र भजन-कीर्तन भैरहेका छ। ११ जना ब्राम्हणद्वारा रुद्राभिषेक समेत भैरहेकाे मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दीपक खनालले जानकारी दिनुभएकाे छ ।