sunwal

वडा स्तरीय खेलकुद प्रतियोगितामा अखण्ड आधारभूत विद्यालय प्रथम

333

बर्दघाट,माघ-२४

बर्दघाट नगरपालिका वडा नम्बर १३ को वडा कार्यालयद्वारा आयोजित वडा स्तरीय खेलकुद प्रतियोगितामा अखण्ड आधारभूत विद्यालय प्रथम हुन सफल भएको छ ।

अखण्ड आधारभुत विद्यालयले २१ अंक प्राप्तगरी प्रथम स्थान हासिल गरेकाे छ ।

वडाध्यक्ष नरबहादुर चौधरीको अध्यक्षता र बर्दघाट पाैडेलकाे पूर्व उपमेयर मायादेवी पाैडेलकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रमको सञ्चालन वडा सचिवले गर्नुभएको थियो।

प्रतियोगितामा वार्ड नम्बर १३ का ५ विद्यालयहरुले सहभागिता जनाएकम थिए। कार्यक्रममा पूर्व वडा सचिव गणेश पौडेल ,जहदा खानेपानीका अध्यक्ष खानेपानी अध्यक्ष कृष्ण गौतम, बिभिन्न विद्यालयका प्रधानाध्यापकहरू लगायतको उपस्थिति रहेकाे थियाे भने कार्यक्रममा वडा सदस्य रेशम राज पाण्डेकाे स्वागत गर्नुभएको थियो।