Garamin sakos

निजी संस्थालाई प्रोत्साहन गर्न नितिमानै सुधार आवश्यक ःमन्त्री ढकाल

380

कृष्ण ढकाल
सुनवल, माघ–१९
निजी संस्थालाई प्रोत्साहन गर्न नितिमानै सुधार आवश्यक रहेको लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री माननिय भुमिश्वर ढकालले बताउनु भएको छ । उद्योग वाणिज्य संघ, सुनवल ,पश्चिम नवलपरासीको चौथो वार्षिक साधारणसभालाई सम्बोधनगर्दे मन्त्री ढकालले उक्त कुरा बताउनु भएको हो ।
प्रदेश सरकारको अधिकार भित्र रहेर ओैद्योगिक मैत्री नीति बनाउने र व्यापारीहरूलाई करको मूल्यमा वृद्धि नगराई करको दायरा फराकिलो बनाउने प्रकृयामा प्रदेश सरकार लागि परेकोमन्त्री ढकालले बताउनु भयो ।
प्रदेश सरकार सदैव निजी संघसंस्था , उद्योगी, व्यापारीको साथमा रहेकाले आवश्यक परेका खण्डमा संघिय सरकारसगँ सहजिकरण गर्न समेत तयार रहेको मनत्री ढकालको भनाई थियो ।
स्थानीय ,प्रदेश र संघिय गरि तिनै तहको सरकारको समन्वयबाट मात्र सुन्दर देश निर्माण संभव रहेको बताउदै मन्त्री ढकालले उद्योग वाणिज्य संघ सुनवलले जग्गा निश्चित गरेको खण्डमा भवन निर्माणकार्यका लागि बजेट बिनियोजन गर्न आफुले पहल गर्ने मन्त्री ढकालले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

उद्योग वाणिज्य संघ, सुनवलका अध्यक्ष रमेश कर्माचार्यको अध्यक्षता र लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री माननिय भुमिश्वर ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै सुनवल नगरप्रमुख विमला अर्यालले उद्योग वाणिज्य संघ सुनवलले गरेको कामको प्रशंसा गर्नु भएको थियो । उहाँले समाज रूपान्तरणका लागि उद्योग वाणिज्य संघले निजी क्षेत्रमा लगानी र निजी क्षेत्रलाई प्रोत्साहन गर्ने काममा लाग्न सुझाव दिनुभयो ।
उहाँले उद्योग वाणिज्य संघ सुनवलको भवन निर्माणका निम्ति गतबर्ष १० लाख बजेट बिनियोजन गरिएको र यो बर्ष पनि बजेट बिनियोजन गरिएको जानकारी दिनुभयो ।
जग्गाको समस्यालाई फुकाउने बाटो खोलिदिन प्रमुख अतिथि सगँ आग्रह गर्दै नगरप्रमुख अर्यालले उद्योग वाणिज्य संघ सुनवलको भवन निर्माणको निम्ति स्थानीय सरकार प्रतिबद्ध रहेको समेत स्पष्ट पार्नुभयो ।
कार्यक्रममा संस्थाका महासचिव तेजप्रसाद भण्डारीले वार्षिक प्रतिवेदन , कोषाध्यक्ष मुरली गौतमद्वारा आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो ।
संस्थाका अध्यक्ष रमेश कर्माचार्यको स्वागत र वरिष्ठ उपाध्यक्ष लेखनाथ खरेलको समापन रहेको कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उज्ज्वल कसजु ,उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुलप्रसाद न्यौपाने ,नेकपा माओवादीका नगर अध्यक्ष मोहन बहादुर कार्की,रामनगर बजार विकास संस्थाका युवराज भुषाल लगायतले बोल्दै उद्योग वाणिज्य संघले उद्यमीलाई बचाउदै नयाँ उद्यमी जन्माउने अभियानमा लाग्न सुझाव दिएका थिए ।
साथै स्थानीय सरकार, बैंक र व्यवसायी विच पुलको रूपमा काम गर्दै देशमै स्वरोजगार सृजना गरि युवा पलायन रोक्न उद्योग वाणिज्य संघलाई आग्रह समेत गरेका थिए ।