sunwal

पालडाँडा कप –२०८१ शुरु ,शुरुको दिन गोरखपुर एफ.सी.भारत विजयी

668

कृष्ण ढकाल
बर्दघाट,माघ–१२
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. ५ मा पालडाँडा कप –२०८१ आजबाट शुरु भएको छ ।
गोरखपुर एफ.सी.भारत र चोरमारा युवा क्लब नवलपुर विच भएको पहिलो दिनको खेलमा गोरखपुर एफ.सी.भारतले ट्राइव्रेकरमा ३ का विरुद्ध ४ गोलगरी विजयी हाँसील गरेको छ ।
निर्धारीत समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइव्रेकरमा परिणत भएको थियो । ट्राइव्रेकरमा चोरमारा युवा क्लब नवलपुरले ३ गोल गरी खेलबाट बाहिरीएको छ भने गोरखपुर एफ.सी.भारतले ४ गोलगरी आगामी १६ गते संकटा एफ.सी काठमाडौं संग प्रतिस्प्रर्धा गर्नका लागि यात्रा तय गरेको छ ।
सगरमाथा सामुदायिक विकास प्रतिष्ठान,बर्दघाट–५, पालडाँडाको आयोजनामा माघ १२ गते देखि २१ गते सम्म हुने प्रतियोगितामा नेपाल र भारतका गरी १० टिमले सहभागिता जनाएको आयोजक संस्थाका अध्यक्ष गंगा बहादुर क्षेत्रीले बताउनु भएको छ ।
संकटा एफ.सी.काठमाण्डौं देखि गोरखपुर एफ.सी.भारत सम्मको टिमले सहभागिता जनाउने उक्त पाल्डाडा कप –२०८१ को विजेता टिमलाई २ लाख १ हजार नगद सहित कप,मेडल र प्रमाण पत्रको ब्यवस्था गरीएको आयोजक संस्थाका सल्लाहकार तथा बर्दघाट नगर खेलकुद विकास समितिका नगर अध्यक्ष दिपक थापाले बताउनु भएको छ ।

त्यसैगरी उपविजेता टिमका लागि १ लाख ५ सय नगद सहित कप,मेडल र प्रमाण पत्रको ब्यवस्था गरीएको थापाले बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले पाल्डाडा कप–२०८१ को समुद्घाटन कार्यक्रमलाई सम्बोधनगर्दै बर्दघाट नगर पालिकाले खेलकुदसंग–संगै विकासका गतिविधिहरुलाई पनि जोडेर अघिबढने बताउनु भएको छ । नगरप्रमुख श्रेष्ठले अबछिटै बर्दघाट नगर स्तरीय क्रिकेट प्रतियोगिताको समेत आयोजना गरीने जानकारी गराउनु भएको थियो ।

सगरमाथा सामुदायिक विकास प्रतिष्ठानका अध्यक्ष गंगा बहादुर क्षेत्रीको अध्यक्षता,क्यापटेन मानबहादुर थापाको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा वडाध्यक्ष बिमला गुरुङ लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन उत्तमध्वज के.सी.ले गर्नु भएको थियो ।
पाल्डाडा कप–२०८१ का लागि बर्दघाट नगरपालिका प्रमुख संरक्षक र बर्दघाट नगरपालिका वडा नं. ५ संरक्षक रहेको छ ।