बर्दघाट ,माघ–११
बर्दघाट प्रज्ञा प्रतिष्ठानको आयोजनामा साहित्यिक, साङ्गीतिक तथा सांस्कृतिक बाह्रौ घुम्ती कार्यक्रम , रचनावाचन नृत्य संगीतको प्रस्तुति एंव रवि विकल्पद्वारा लिखित संघर्षको मैदानबाट मुक्तक संग्रह बिमोचन गरिएको छ ।
बर्दघाट नगरपालिका वडा नम्बर ८,९,१० र ११ को सहकार्यमा शुक्रवार बर्दघाट–१० अल्हावलस्थित ज्ञानज्योति माविको प्रांगणमा एक कार्यक्रमका बीच बिमोचन गरिएको हो ।
कार्यक्रममा बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा.धनश्याम न्याैपाने परिश्रमी, प्रतिष्ठानका सदस्य सचिव शरद पौड्याल र वडा नम्बर १० का वडाध्यक्ष राजु मिश्रले संयुक्त रुपमा बिमोचन पुस्तक गरेका थिए । बिमोचन पछि बोल्दै प्रमुख अतिथि मिश्र, अतिथि वक्ता एंव सहभागीहरुले रवि विकल्पको कृति बिमोचन गर्दा पाउदाँ निकै हर्ष लागेको बताउदै यस्ता कार्यक्रमहरुले नव सर्जकहरुलाई सहयोग प्ुग्ने बताए ।
कार्यक्रममा प्रतिष्ठानका प्राज्ञ सभा सदस्यहरु दीप प्रकाश लोहनी, रामहरि शर्मा, एकनारायण तिमिल्सिना लगायत उपस्थिति रहेकाे थियाे । सो अवसरमा अस्मिता घिमिरे, समीक्षा दुलाल, आयुषा भुसाल,सुप्रिया न्यौपाने ,प्रकृति गिरी, सारिका रिमाल, संस्कृति पंगेनी, कृति महत क्षेत्री, कृषा बिक, आकृति भुजेल, एलीना न्यौपाने, रोशिका खत्रीलगायत नवसर्जक तथा कलाकारहरुले आफ्नो नृत्य एंव कला तथा साहित्य रचना प्रस्तुत गरेका थिए ।
कार्यक्रमको संचालन प्राज्ञ सभा सदस्य तोयानाथ चौधरी (विनोद) र स्वागत बिद्यालयका प्रधानाध्यापक नरनाथ लामिछानेले गरेका थिए ।
क्रान्तिकारी पत्रकार महासंघका पूर्व महासचिव समेत रहेका पाण्डेयको यो दोस्रो कृति हो । विकल्प साहित्यिक उपनामले परिचित पाण्डेयको यस अघि रक्तक्रान्ति प्रगतिशिल गजल संग्रह (२०६५) प्रकाशित कृति रहेको छ ।
बि.स.२०६० दिब्यपल्लबी साहित्यिक मासिक पत्रिकाबाट साहित्यिक यात्रा तय गरेका उनले प्रगतिशील साहित्यमा जोड दिदै कविता, मुक्तक, गजल, निबन्ध र विचारधारात्मक आलेखहरु लेख्दै आएका छन् ।
