परासी,माघ–११
पश्चिम नवलपरासीको परासीमा रहेको यातायात व्यवस्था सेवा कार्यालयबाट चारपाङ्ग्रे सवारी साधनको चालक अनुमती पत्र वितरण सुरु भएको छ । २०७८ सालमा स्थापना भएको यातायात सेवा कार्यालय बाट यसअघि दुई पाङ्ग्रे सवारी साधनको सवारी अनुमती पत्र जारी र नविकरण हुँदै आएको थियो ।
आज एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका उधोग , पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले चालक अनुमती पत्र वितरणको सुरुवात गर्नु भएको हो। जिल्लामा नै चालक अनुमती पत्र वितरण सुरु भएपछी रुपन्देही जानुपर्ने बाध्यता हटेको छ । आज बटै ट्रायल सुरु गरि अनुमती पत्र दिन थालिएको छ ।चारपाङ्ग्रे सवारी अन्तर्गत बर्ग(B,C,C1 र E) बि,सि,सि1 र ई को अनुमती पत्र सुरुवात गरिएको छ ।
परासीमा रहेको यातायात कार्यालय बाट अहिले सम्म ७ हजार दुई पाङ्ग्रे सवारी अनुमती चालक वितरण गरेको कार्यालय प्रमुख श्याम न्यौपानेले जानकारी दिनुभयो । चालु आर्थिक बर्षको पुष महिना सम्म ९ करोड राजस्व संकलन भएको छ ।