Bardaghat Na pa

सामुदायिक विद्यालयहरूको शिक्षण सिकाई प्रभावकारी बनाइदै

404

कृष्ण ढकाल
बर्दघाट, मंसीर– १०
बर्दघाट नगरका सामुदायिक विद्यालयहरूको शिक्षण सिकाईलाई प्रभावकारी बनाउन नगरका ८ वटा विद्यालयहरुमा सहयोगात्मक सिकाइ तथा समालोचनात्मक चिन्तन विधि अपनाउन शुरु गरीएको छ ।
विद्यालयको बर्तमान अवस्था र प्रशासनिक ब्यवस्था र बिधार्थीहरुको सिकाई प्रति अभिभावकहरूको चाँसो,चिन्ता र बुझाइ प्रतिको समिक्षा सहित शुरु गरीएको सिकाइ तथा समालोचनात्मक चिन्तन विधिलाई सामुदायिक अंक तालिका का आधारमा अघि बढाउने गरेको पाईएको छ ।
बर्दघाट नगरपालिकाको आर्थिक सहयोग तथा समृद्ध समुदाय विकास केन्द्र र स्कुल लाइफ इन नेपाल, डेनमार्कको साझेदारीमा सञ्चालित गुणस्तरीय शिक्षा परियोजनासंग सहकार्यमा सञ्चालीत यस परियोजनाले बर्दघाट नगरका ८ वटा सामुदायिक विद्यालयहरुमा सहयोगात्मक सिकाइ तथा समालोचनात्मक चिन्तन विधि अपनाउन शुरु गरेको परियोजना निर्देशक युवराज चापागार्इले बताउनु भएको छ ।

बिद्यार्थीहरुको शिक्षण सिकाइ प्रभावकारी बनाउने लक्ष्य अनुसार सहयोगात्मक सिकाइ तथा समालोचनात्मक चिन्तन विधिमा आधारित तीन दिने कार्यशाला राष्ट्रिय माध्यमिक विद्यालय माकर वेताहानीको सभाहलमा सम्पन्न भएको छ ।

सहयोगात्मक सिकाइ तथा समालोचनात्मक चिन्तन विधिकाे तालिममा शिक्षकहरू

सामुदायिक विद्यालयहरूको शिक्षण प्रभावकारितामा सुधार ल्याउन महत्त्वपूर्ण योगदान योग्दान पुर्याउने हेतुले नगरको जयन्ती आधारभूत विद्यालय, नवदिव्यज्योति आधारभूत विद्यालय, जानकी प्राथमिक विद्यालय, शिरोमणी प्राथमिक विद्यालय, र आम्बास प्राथमिक विद्यालयका शिक्षक(शिक्षिका, बालक्लब पदाधिकारीहरू, र अनुगमन सहजकर्ताहरू गरी ९७ जनालाई तिनदिने तालिम प्रदान गरीएको परियोजनाका कार्यक्रम संयोजक गणेश पाण्डे ( सिसम)ले जानकारी दिनुभयो ।
सहयोगात्मक सिकाइ र समालोचनात्मक चिन्तन विधीका विभिन्न उपायहरूको व्यावहारिक अभ्यास गारइएको उक्त तालीममा सहयोगात्मक सिकाइ तथा समालोचनात्मक शिक्षण विधिको प्रयोगात्मक कक्षाको अभ्यासका गरिएको थियो भने तालिमको अन्तिम दिन सहभागी शिक्षक तथा बालक्लब पदाधिकारीहरूले राष्ट्रिय मा.वि.का विभिन्न कक्षामा प्रत्यक्ष शिक्षण अभ्यास समेत गरेका थिए ।

तीन दिन सम्म सञ्चालन भएको तालिमको समुद्घाटन बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले गर्नु भएको थियो । सोअवसरमा उहाँले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले कुनै सम्झौता नगर्ने र यो वर्ष थप बजेटको समेत व्यवस्था गरिएको बताउनु भएको थियो।
कक्षा ३ मा अध्ययनरत विद्यार्थीहरूको पठन र लेखन सीपको मूल्यांकन गरेपछि, मात्र त्यो नतिजालाई आधार मान्दै तालीमको आयोजवना गरीएको समृद्ध समुदाय विकास केन्द्रका अध्यक्ष ठाकुर घिमिरेले बताउनु भएको छ ।