sunwal

सरावलमा पुस १५ गतेदेखि श्री श्री १०८ रुद्र महायज्ञ हुने

155

 

सरावल, १० मंसिर

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ३ सरावलमा श्री श्री १०८ रुद्र महायज्ञ हुने भएको छ ।

सरावल गाउँबासिको संयुक्त आयोजनामा हिन्दु धर्मको रक्षा तथा स्थानीय क्षेत्र विकास एवम् शिव पार्बति मन्दिर निर्माणका लागि महायज्ञ सन्चालन हुने भएको छ।

महायज्ञ पुस १५ गतेदेखि २३ गतेसम्म सन्चालन हुने महायज्ञ सन्चालन मुल समितिका अध्यक्ष महेन्द्र चौधरीले जानकारी दिनुभएको छ ।

माहायज्ञमा पुष १५ गते सोमबार विशाल कलश यात्रा एवम् गंगा पुजन हुनेछ ।

त्यस्तै प्रत्येक दिन बिहान ४ बजेदेखि बिहान ८ बजेसम्म बेदपाठ ,बिहान ८ बजेदेखि १०:३० बजेसम्म प्रतिदिन पुजन कार्य ।
बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म प्रतिदिन प्रवचन कथा । दिउँसो १:३० बजेदेखि दिउँसो ३:३० बजेसम्म प्रतिदिन रामलिला कार्यक्रम । दिउँसो ३:३० बजेदेखि बेलुका ६ बजेसम्म प्रतिदिन यज्ञ कार्यक्रम । बेलुका ६:३० बजेदेखि राती ८ बजेसम्म प्रतिदिन फिता वा रिबन काट कार्यक्रम तथा राती ८:३० बजेदेखि प्रतिदिन रासलिला कार्यक्रम हुने साथै पुस २३ गते पूर्णाहुती एवम् प्रसाद ग्रहण तथा समापन कार्यक्रम हुने चौधरीले जानकारी दिनुभएको छ ।

त्यस्तै प्रतिदिन बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म तुलादान, अन्नदान, वस्त्रदान, स्वर्णदान, गौदान, गोप्यदान कार्यक्रमहरु रहने आयाेजकले जानकारी दिइएको छ।

यज्ञाचार्य एव मानस प्रबचनकर्ता अचार्य.नितिस तिवारीले प्रवचन गर्ने यज्ञ सन्चालन समितिले जनाएको छ। साथै आदर्श श्री राधाकृष्ण रासलिला एवं रामलिला संस्थान वृन्दावन धाम, मथुराकाे कलाकारबाट रामलिला गरिने यज्ञ सन्चालन समितिले जनाएको छ।