sunwal

बर्दघाट प्रज्ञा प्रतिष्ठानकोे प्रज्ञा–सभाको पाँचौ बैठक सम्पन्न् 

465
कृष्ण ढकाल
बर्दघाट,कार्तिक–२३
बर्दघाट प्रज्ञा प्रतिष्ठानले प्रज्ञा सभाको  पाँचौ बैठक आज सम्पन्न् गरेको छ । बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा. घनश्याम न्यौपानेको अध्यक्षता र नगरप्रमुख तथा बर्दघाट प्रज्ञा प्रतिष्ठानका प्रमुख संरक्षक शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उक्त बैठकले सदस्य सचिव शरद पौडेलले प्रस्तुत गर्नु भएको परिषदका निर्णयहरु र वार्षीक कार्यक्रमहरु  सबैसम्वत रुपमा अनुमोदन गरेको थियो ।
त्यसैगरी बर्दघाट प्रज्ञा प्रतिष्ठानले यो आर्थिक बर्षमा सम्पन्न गरीएका कार्यक्रमहरुका बारेमा समेत सदस्य सचिव पौडेलले प्रज्ञा सभाको बैठकमा लिखित जानकारी गराउनु भएको थियो । बैठकमा सहभागि प्रज्ञा सभा सदस्यहरुले बार्षिक कार्यक्रमहरुमा नगरको विकास र सांस्कृतिक पहिचानलाई जोडेर नयाँ खालका कार्यक्रमहरु सञ्चालन गर्न सुझाब दिएका थिए ।
प्रज्ञा सभाको  पाँचौ बैठकलाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले बर्दघाट प्रज्ञा प्रतिष्ठानले नगरको पर्यटन प्रवर्धनमा गतबर्ष गरेको साहित्यिक पर्यटन यात्रा कार्यक्रम निक्कै प्रभावकारी रहेको बताउनु भएको थियो । नगरका सबै जात जातीहरुको पर्वहरुलाई प्रज्ञाले उठान गर्न सुझाव दिदै आगामि वर्ष देखि नेपाल सम्वतलाई पनि राम्रोसंग उजागर गर्न अनुरोध गर्नु भएको थियो ।
त्यस्तै नगर उपप्रमुख तथा बर्दघाट प्रज्ञा प्रतिष्ठानका संरक्षक रुद्रप्रकाश उपाध्यायले प्रज्ञा प्रतिष्ठानले नगरका जातीय भाषाहरुको लिपि खोजी गर्न जरुरी रहेको बताउदै प्रज्ञामा रहेका सबै ब्यीक्तहरुले आफ्नो जिम्मेवारी पुरा गर्न जरुरी रहेकोमा जोड दिनु भएको थियो ।
सोही बैठकमा बोल्दै बर्दघाट नगरपालिकाका निमित्य प्रमुख प्रशासकिय अधिकृत लोकराज पन्थीले कुनै पनि ब्यक्ति प्राज्ञ हुँ भनेर मात्र नहुने भन्दै काम गरेर मात्र हुने भएकाले सोही अनुसार गर्नका लागि अनुरोध गर्नु भएको थियो । उहाँले बर्दघाट प्रज्ञा प्रतिष्ठानले नगरको विकासका बारेमा केन्द्रित रहेर बर्षमा कम्तीमा २ वटा अनुसन्धान गर्न जरुरी रहेकोमा जोड दिनु भएको थियो । प्रज्ञाले गरेको अनुसान्धानवाट नगरको योजना बनाउन सहज हुने धारणा राख्नु भएको थियो ।
बर्दघाट प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य एवं भाषा तथा साहित्य विभाग संयोजक हुमनाथ आचार्यको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सदस्य सचिव शरद पौडेलले गर्नु भएको थियो ।