Bardaghat notish

भाइटीकाको शुभ साइत ११ः३७ बजे

370

बर्दघाट,कार्तिक–१७
यस बर्ष २०८१ सालको भाइटीकाको शुभ साइत कार्तिक १८ गते भोली आइतबार बिहान ११ः३७ बजे रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ।
टिका लगाउदा पश्चिम मोहडा गरेर भाइटीका लगाउदा उत्तम रहने पञ्चांग निर्णायक समितिले जनाएको छ। नेवार समुदायले मनाउने किजा पूजा पनि आइतबार नै गर्नुपर्ने जनाइएको छ।

यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार मंगलबारदेखि सुरु भएको हो । बुधबार काग तिहार, बिहीबार कुकुर तिहार र लक्ष्मी पूजा मनाइएको छ भने शनिबार गाईरगोवर्द्धन पूजा, बलि पूजा, हली तिहार, म्हपूजा र नेपाल संवत् ११४५ मनाइएको छ। भोली यस बर्ष २०८१ सालको भाइटीका मनाइदै छ ।