Holi asnjal makar GURU

जेष्ठ नागरिकलाई घरमा नै स्वास्थ्य सुविधा

194

 

बर्दघाट, १५ असोज

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको टोलीले प्राथमिक उपचार सहितको सेवा लिएर जेष्ठ नागरिकको घरदैलोमा पुगेको उपचार दिन थालेको छ । नगरप्रमुख शम्भुलाल श्रेष्ठ सहितको स्वास्थ्यकर्मीको टोली जेष्ठ नागरीकको घरदैलोमा पुगेर प्राथमिक उपचार सहित पौष्टीक आहार समेत उपलब्ध गराउदै आएको हो ।

९५ बर्ष भन्दा बढी उमेर समुहका बयोबृद्धि जेष्ठ नगारिकलाई घरदैलोमा पुगेर स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने नगरपालिकाको कार्यक्रम अनुसार प्रत्येक तिन तिन महिनामा यस्तो उपचार सेवालाई निरन्तता दिने नगरपालीको योजना छ

 

“बयोवृद्ध नागरिकहरू सामान्य चेकजाँचका लागि अस्पताल जान वा पुर्वाउन पनि असहज हुन्छ सोही कुरालाई ध्यानमा राखेर हामी घरदैलोमै पुगेका हौ”नगरप्रमुख श्रेष्ठले भन्नू भयो ।

घर आगनमै सेवा पाएपछि जेष्ठ नागरिकहरुले खुसी ब्यक्त गरेका छन।सो क्रममा नगरउपप्रमुख रुद्रप्रकाश उपाध्याय , सामाजीक विकास समितीका संयोजक शाखा भिमकाजी गुरुङ्ग, प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनाल , अन्य वडा अध्यक्षहरु र स्वास्थ्यकर्मीहरुरुको सहभगीता रहेको थियो ।