palhinnada

बर्दघाटका डा. दिलिप न्यौपानेले पेडियाट्रिक्स ग्यास्ट्रो इन्टेरोलोजी एण्ड हेपाटोलीमा डीएम गरे

नेपालकै पहिलो डाक्टरः पेडियाट्रिक्स ग्यास्ट्रो इन्टेरोलोजी एण्ड हेपाटोलीमा

364

भदौ –५
नवलपरासी पश्चिम बर्दघाटका डा. दिलिप न्यौपानेकाे चिकित्सा क्षेत्रको अध्ययन यात्रा सन् २०१० बाट सुरु भएको हो । बर्दघाटका नन्दलाल न्यौपाने र मेनका न्यौपानेले जन्माएका चार छोरा मध्ये साइलो छोरा हुन डाक्टर दिलिप । स्याङ्जाको कालिगण्डकीबाट उहिल्यै ‘मधेश’ भनेर बर्दघाट झरेका न्यौपाने परिवारका छाेराहरू मध्ये अहिले एउटाले अाइटिमा,अरकाेले सामाजिक संघ संस्थामा र एउटाले ब्यवसायमा िनक्कै प्रगती गिररहेका छन । तर डा. दिलिप न्यौपाने भने नेपालकै पहिलो डाक्टर,पेडियाट्रिक्स ग्यास्ट्रो इन्टेरोलोजी एण्ड हेपाटोलीमा डीएम गरेर नाम राख्न सपफल भएक्ा छन ।
उनले भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स) मा पेडियाट्रिक रेजिडेन्सी (एमडी) गर्दा होस या एमडीको अध्ययन पुरा गरेपछि धनगढीको नोभा हस्पिटलमा प्राक्टिस गर्दा, ओपिडीमा आउने बालबालिकाको करीब ६० प्रतिशत केश ग्यास्ट्रोसंग सम्बन्धित भएको देखे । त्यसपछि उनलाई लाग्यो ‘बच्चाको खास समस्यामा त राम्ररी छिरेकै रहेनछु ।’

अनि थप अध्ययनको तयारी थाले, पीजीआई चण्डिगढमा पेडियाट्रिक्स ग्यास्ट्रो इन्टेरोलोजी एण्ड हेपाटोली विषयमा अध्ययन् गर्न नाम निकाले । हजुर, उनी हुन् डा. दिलिप न्यौपाने ।

बच्चाको पेटसंग सम्वन्धित रोगहरूको उपचारमा विद्यावारिधि सरह अर्थात डीएम गरेर नेपाल फर्केको नेपालकै पहिलो युवा डाक्टर ।

‘हो, पेडियाट्रिक्स ग्यास्ट्रो इन्टेरोलोजी एण्ड हेपाटोलीमा डीएम गरेको नेपालको डाक्टर म नै पहिलो हुँ । मैले बुझे अनुसार यो विषयमा दोस्रो डाक्टर बन्नका लागि अझै कम्तिमा तीनवर्ष त लाग्छ नै,’ उनले ढुक्कले भने । ‘किनभने यो विषयमा अध्ययन् गर्नका लागि इच्छुकहरुले सिट पाइरहेका छैनन्’ उनले थपे, ‘अब पाउँदा पनि अध्ययन् पुरा गर्न तीन वर्ष त लाग्छ नै ।’

‘चिकित्सा शिक्षा शास्त्र तर्फको मेरो यात्रा सन् २०१० मा एमबीबीएसका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएपछि सुरु भएको हो । सन् २०१६ लाग्दा नलाग्दै एमबीबीएस सकियो । एक वर्ष तयारी पछि सन् २०१७ एम्समा नाम निकालेँ र पेडियाट्रिक पढ्न त्यस तर्फ लागेँ । त्यहाँ तीन वर्ष अर्थात सन् २०२० मा पेडियाट्रिक्स एमडी सक्याएँ । त्यसपछि नेपाल फर्किएँ । धनगढीको नोभा अस्पतालमा काम थालेँ । त्यहाँ काम गर्दै गर्दा मैले डीएम गर्ने योजना बनाईसकेको थिएँ । त्यहाँ करीब एक वर्ष काम गरेँ, त्यसपछि पुन: पेडियाट्रिक ग्यास्ट्रो इन्टेरोलोजी एण्ड हेपाटोलोजीमा डीएम गर्न पीजीआई चण्डीगढ पुगेँ । सन् २०२१ देखि २०२४ सम्मको तीनवर्षे कोर्ष पुरा गरेर अहिले नेपाल फर्केको छु,’ उनले चिकित्सा शिक्षा तर्फको आफ्नो यात्रा सरसर्ती सुनाए ।

एम्स र पीजीआई चण्डीगढमा नाम निकाल्नु त्यति सहज होइन तर उनका कुरा सुन्दा भने सहज जस्तै लाग्ने ।

‘मैले प्याडियाट्रिक्समा एमडी र पछि पेडियाट्रिक ग्यास्ट्रोमा डीएम गरेको दुई कलेजहरु क्रमश एम्स र पीजीआई चण्डीगढ चिकित्सा शिक्षाको क्षेत्रमा विशेष प्रसिद्धि कमाएका मेडिकल कलेज हुन् । मेरो मिहनेत संगै भाग्य पनि भन्नुपर्छ, त्यहाँ सजिलोसंग सोँचे जसरी नै नाम निस्कियो,’ पूर्ण छात्रबृत्तिमा अध्ययन् पुरा गरेका डा. न्यौपानेले भने ।

हुन पनि एम्समा पेडियाट्रिक्स सुरु गर्नु अघि उनले पीजीआई चण्डिगढमा पनि नाम निकालेका थिए । तर त्यहाँ एनेस्थेसिया विषय थियो, उनले छाडिदिए । ‘त्यसबेला दुबै कलेजहरुले केही दिनको फरकमा प्रवेश परीक्षा लिने गर्दथे, मैले एम्स र पीजीआई चण्डीगढ दुबै ठाउँमा परीक्षा दिएँ । एम्समा पेडियाट्रिक्समा निस्कियो, पीजीआईमा एनेस्थेसिया । मेरो झुकाव र रुची पेडियाट्क्सि मै थियो त्यसैले एम्समा आवद्ध भएँ । पूर्ण छात्रबृत्तिमा त्यहाँ अध्यनन् सक्काएँ,’ उनले भने ।

डा. न्यौपानेका अनुसार भारतमै पनि पेडियाट्रिक्स ग्यास्ट्रो इन्टेरोलोजी एण्ड हेपाटोलोजीमा डीएम गर्ने चिकित्सकको संख्या अहिले पनि निकै नै कम छ । त्यहाँ डीएम गर्नेहरु अहिले पनि बार्षिक ३ देखि ४ जना मात्रै हुन् । त्यहि विषयमा आफूले नाम निकालेर अध्ययन पुरा गरी नेपालमै सेवा गर्ने गरी फर्किन सक्दा आफूलाई भाग्यमानी भएको ठान्छन् ।

‘मेरा गुरुहरुले यहि नै बस, भन्नु भएको हो तर मैले नेपालमा पनि यो सेवा दिनुपर्छ भनेर आएको हुँ,’ डा. न्यौपानेले भने ।

बर्दघाटमै रहेको न्यु लाइफ इगलिस सेकेण्डरी स्कुलमा कक्षा १ देखि १० सम्म अध्ययन गरेका उनले २०६० सालमा विशिष्ट श्रेणीमा एसएलसी उत्तीर्ण गरेका हुन् । ‘त्यसअघि त हाम्रो स्कुलमा डिस्टिङसन् भन्ने नै थिएन । तर त्यो बर्ष म सहित पाँच जनाले डिस्टिङसन हान्यौँ,’ उनले भने । डा. न्यौपानेले प्लसटू भने एफडव्लु टेलर कालिकास्थान डिल्लीबजार काठमाडौँबाट गरेका हुन् ।

उनले स्कुल लेभलमा मात्रै होइन त्यसपछिका उच्च शिक्षा प्लस टू, एमबीबीएस, एमडी र डीएम गर्दासम्म कतै ब्रेक नलागी अध्ययनमा सफलता प्राप्त हुँदै आएको समेत सुनाए ।

‘धरानबाट एमबीबीएस सकेपछि मास्टर्स पढ्न रहर लाग्यो । भारतको एम्स र पीजीआई चण्डीगडमा आवेदन दिएँ । दुबै ठाँउमा नाम निस्कियो । पीजीआईमा एनेस्थेसिया विषय पाइयो, एम्समा चाहि पेडियाट्रिक्स पाएको थिएँ । मेरो रोजाई पेडियाट्रिक्स (बालरोग विशेषज्ञ) भयो । भारतको पढाई पूर्ण छात्रबृत्तिमा थियो । नाम निकाल्न चै गाह्रो हो त्यहाँ नाम निस्किएपछि पढ्नलाई कुनै अफ्टेरो हुँदैन । त्यहाँ पढनका लागि नाम प्रवेश परीक्षा दिनु पर्दथ्यो । त्यसबेला एम्सको छुटै परीक्षा लिन्थ्यो । त्यसको एक महिना पछि पीजीआईले छुट्टै परीक्षा लिन्थ्यो । अहिले भने त्यहाँ पनि सबै ठाउँमा एकै पटक हुन्छ,’ त्यसबेलाका कुरा पुन स्मरण गर्दै भने ।

‘धेरैले सोध्छन् तिमि किन नेपाल फर्केको ? कतिपयले यहाँ राम्रो बातावरण छैन पनि भन्छन् । तर म भन्छु, मलाई अन्यत्र जानु पनि छैन देशमै केही गर्छु भन्ने अठोटले आफ्नो अध्ययन पुरा गरेर फर्केको हुँ । यहि नै गर्छु,’ डा. न्यौपाने ढुक्कका साथ प्रस्तुत हुन्छन् ।

उनी अगाडी थप्छन्, ‘आवश्यकताले अवसर सिर्जना गर्दछ । देशका लागि यतिवेला हाम्रो आवश्यकता पनि छ, नेपालका बालबालिकाहरुको उपचारका लागि मेरो आवश्यकता छ । त्यसैले म मातृभूमीमा फर्कनै पर्दथ्यो । फर्किएको छु । अब आफ्नो विज्ञता र दक्षता प्रस्तुत गर्दछु । अर्को कुरा आवश्यकताले नै अवसरको पनि सिर्जना गर्ने हो । म यसमा पनि ढुक्क छु । बेष्ट दिने हो, त्यसले डिमाण्ड क्रियट त गर्छ नै ।’

भारतका धेरै अस्पतालमा स्पेशल ट्रिटमेन्टका लागि नेपालबाट धेरै बिरामीहरु जाने गर्दछन् । बालबालिकाहरुको उपचारका लागि भन्दै पीजीआई चण्डीगढमा लर्को लागेर नेपालीहरु आएको उनले प्रत्यक्ष देखे । एम्समा रेजिडेन्सी गर्दा पनि नेपाली नभेटेको दिन हुन्थेन ।

नेपालमा राम्रो निदान हुन नसकेर त हो यसरी यहाँ आएको भन्ने उनलाई लाग्दथ्यो । त्यसैले पनि आफ्ना गुरुहरुको आग्रहलाई समेत वेवास्ता गरी उनी नेपाल फर्किए ।

‘नेपाल र नेपालीका लागि सकेको गर्ने हो । हामी कहाँ रोगको पहिचान, निदानमा समस्या छ । निदानमै समस्या भएपछि उपचार प्रोटोकलमा पनि समस्या हुने नै भयो । समस्या घटाउने गरी काम गर्ने योजना छ,’ उनले थपे ।

‘बच्चामा पेट दुख्ने, उल्टी हुने, कब्जियत हुने देखि नवजात शिशुको दिसा सेतो हुने देखि डाइपरमा पिसाव गर्दा दाग बस्ने कुराले लक्षण जनाउँछ । त्यसकारणले उपचार मात्रै होइन, आम अभिभावकलाई बच्चाको स्वास्थ्यको बारेमा जनचेतना जगाउन पनि जरुरी छ । राम्रो उपचारका लागि दक्ष जनशक्तिसंगै उपकरणको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । इन्डोस्कोपी देखि कोल्नोस्कोपी, दिसा पिसाव र रगतको जाँच देखि बायोप्सी लिनेसम्मका कामहरुलाई विश्वसनीय ढंगबाट अघि बढाउनु छ । म त्यहि हुटहुटी बोकेर नेपालको सेवामा फर्किएको छु,’ अन्तिममा डा. न्यौपानेले भने ।

साभार @ नेपाली हेल्थ अनलाइनबाट

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/