साउन–२९
पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा भासिएको सडक एक तर्फी संचालनमा आएको छ ।
भासिएको सडक मर्मत कार्य आज पुरा नभएपछि अहिले एकतर्फी संचालन गरीएको र भोलि पुरा मर्मत गरेर सञ्चालन गरिने जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी नायव उपरिक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो ।
हिजो देखि भासिएको सडकलाई आज विहानदेखि फराकिलो बनाउने काम शुरु भएको थियो । बिनयी त्रिबेणी गाउँपालिका(२ स्थित दाउन्नेमा अघिल्लो वर्ष सडक छेउको घर भासिएको स्थानमै फेरी पनि यसपटक सडक भासिएको छ ।
सवारीको चाँपलाई मध्यनजर गरी २ बजेपछि रोकिएका सवारी साधनलाई एक(एक घण्टाको अन्तरालमा पास गराउँदै मर्मत गरिएको र रातको समयमा सुरक्षाको दृष्टिकोणले जोखिम हुने भएकाले मर्मत कार्य नगरिने प्रहरी नायव उपरिक्षक पौडेलले बताउनुभयो ।
