Bardaghat Na pa

राष्ट्रिय युवासंघ नेपाल, नवलपरासीमा चारवटा पालिकामा नयाँ नेतृत्व

541

कृष्ण ढकाल
बर्दघाट,साउन–२७
राष्ट्रिय युवासंघ नेपाल नवलपरासीले जिल्लाका सबै पालिकाहरुमा नयाँ नेतृत्व चयन गर्ने कार्य गरेको छ । राष्ट्रिय सर्कुलर अनुसार राष्ट्रिय युवासंघ नेपालले पालिका कमिटीको तेस्रो अधिवेशन गरेको जिल्ला अध्यक्ष धनप्रसाद भट्टराईले बताउनु भएको छ ।

नेकपा एमाले को भात्रृसंस्थाका रुपमा रहेको राष्ट्रिय युवासंघ नेपाल जिल्ला कमिटि नवलपरासीले जिल्लाका ४ वटा पालिकामा नयाँ कमिटि चयन गरी सकेको अध्यक्ष भट्टराईले बताउनु भयो ।

जस अनुसार सुनवल नगर कमिटीको तेस्रो अधिवेशनले यम बहादुर गुरुङ अध्यक्ष रहेको २५ सदस्यीय नगर कमिटी गठन गरेको छ । नेकपा एमाले केन्द्रिय कमिटी सदस्य बिमला अर्यालको प्रमुख आतिथ्यतामा राष्ट्रिय युवासंघ नेपाल सुनवल नगर कमिटिको अधिवेशन सम्पन्न भएको थियो ।
त्यसैगरी
राष्ट्रिय युवासंघ नेपाल प्रतापपुर पालिका कमिटीको तेस्रो अधिवेशन नेकपा एमाले लुम्बिनि प्रदेश कमिटी सदस्य एकदेव पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ भने सो अधिवेशनले पिन्टु कोहार अध्यक्ष रहनेगरी ३१ सदस्यीय पालिका कमिटी गठन गरेको छ ।
उता
राष्ट्रिय युवासंघ नेपाल सुस्ता पालिका कमिटीको तेस्रो अधिवेशनले धिरज गुरुङ अध्यक्ष रहनेगरी ४१ सदस्यीय सुस्ता पालिका कमिटी गठन भएको छ । सुस्तामा भएको राष्ट्रिय युवासंघ नेपालको पालिका कमिटीको तेस्रो अधिवेशन नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष दिपेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
यता
राष्ट्रिय युवासंघ नेपाल पाल्हिनन्दन पालिका कमिटीको तेस्रो अधिवेशन नेकपा एमाले प्रदेश कमिटी सदस्य राम बहादुर भण्डारीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो भने सो अधिवेशनले हृदयेश यादव अध्यक्ष रहेको १३ सदस्य पालिका कमिटी गठन गरेको राष्ट्रिय युवासंघ नेपालका जिल्ला अध्यक्ष धनप्रसाद भट्टराईले जानकारी दिनु भएको छ ।