sunwal

अनेरास्ववियु नवलपरासीको अधिवेशन साउनको १९ गते हुने

267

कृष्ण ढकाल
बर्दघाट,साउन–१४
अनेरास्ववियु नवलपरासीको २५ औं जिल्ला अधिवेशन यहि साउनको १९ गते हुने भएको छ । अधिवेशनका लागि अनेरास्ववियुले जिल्लाको पहिचान र प्रचार प्रसास हुनेगरी २५ औं जिल्ला अधिवेशनको लोगो सार्वजनीक गरेको छ।
लोगोमा नेपाल कै सबैभन्दा लामो सुस्ताको झोलुङ्गे पुल ,बर्दघाटको बुद्धमंगल ताल,सुनवलको कृष्ण मन्दिर,रामग्रामको रामग्राम स्तुपा र सरावलको कोलवृक्षभएको स्थानलाई समेटेर जिल्लाको नक्सा सहित अनेरास्ववियुको झण्डा रहेको अधिवेशनको लोगो बनाएको छ ।

जिल्ला अधिवेशनका लागि तयारी बैठक र कार्य सम्पादनको बाँडफााड सहितको जिम्मेवारी दिएर अघि बढीसकेको जिल्ला अध्यक्ष सञ्जय मौर्यले बताउनु भएको छ ।
बर्दघाट–२,चिसापानीमा रहेको दिब्यज्योती बहुमुखि क्याम्पसमा आयोजना गर्न लागिएको उक्त जिल्ला अधिवेशनमा केन्द्र र प्रदेशका बिद्यार्थी नेताहरुलाई समेत निमन्त्रणा गरीसकिएको नेकपा एमालेका जिल्ला सदस्य तथा बिधार्थी इन्चार्ज सुसान्त घिमिरेले जानकारी गराउनु भएको छ ।