kalika

यस वर्ष बर्दघाट नगरमा १ सय ९३ जनाले लिए लघु उद्यम विकास तालीम

261

कृष्ण ढकाल
बर्दघाट,असार–१९
निम्न आए भएकाहरुलाई बिभिन्न प्रकारका सिपमुलक तालीमहरु प्रदान गरेर रोजगारी सृजना गर्ने उद्धेश्य अनुरुप बर्दघाट नगरपालिकाले लघु उद्यम विकास कार्यक्रमलाई प्रभावकारी बनाउदै लगेको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भएको छ ।

वित्तियमा पहुँच अन्तर्गत लघु उद्यमी र वित्तिय संघ–संस्थाहरु विचको १ दिवसीय अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले उक्त कुरा बताउनु भएको हो । त्यसैगरी नगर प्रमुख श्रेष्ठले आगमि दिनमा पनि सिपमुलक तालीमहरुका लागि बजेटको ब्यवस्था रहेको जानकारी गराउनु भएको थियो ।

त्यसैगरी नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्ययाले तालीम लिएरमात्रै नहुने भन्दै सिकेको सिपलाई ब्यवहारत प्रयोगमा ल्याउन आग्रह गर्नु भएको थियो । नगर प्रमुख श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनाल,योजना अधिकृत पुस्कर काफ्ले,उद्योग वाणिज्य शाखा अधिकृत पशुपति गैरे लगाएत विभिन्न बैंक तथा सहकारीका प्रमुख तथा प्रतिनिधिहरुले आ–आफ्ना अनुभव राख्नु भएको थियो ।

लघु उद्यम तालीमका सहभागिहरु र प्रशिक्षकहरु सहितको उपस्थिती रहेको उक्त कार्यक्रममा सिपमुलक तालीममा सहभागिहरुले समय कमभएको गुनासो गरेका थिए भने प्रशिक्षक र वित्तिय संस्थाहरुबाट सहभागिहरुले आफ्नो संस्थाले उत्पादन गरेका वस्तुहरुको उत्पादन लागत बढी हुने र फिनीसिङ्ग नआउने गरेका कारण बजारी करणमा समस्या भएको गुनासो गरेका थिए ।

त्यस्तै सोही कार्यक्रममा सहभागि मध्येका केहि ब्यक्तिहरुले गतवर्षनै आफुले लिएको लघु उद्यम विकास तालिमकै कारण अहिले राम्रो आम्दानी गर्न सफल भएको सफलताको कथा समेत सुनाएका थिए ।

गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत बर्दघाट नगरपालिकाले आ.ब. २०८०/०८१ मा १ सय ९३ जनालाई प्रत्यक्ष रुपमा जिवन उपयोगि सिप प्रदान गरेको जनाएको छ ।
नगरका ७ वटा वडाका २२ स्थानमा सञ्चालन गरीएको सिपमुलक तालीममा १ सय ९३ जनाले भाग लिएको बर्दघाट नगरकी उद्यम विकास सहजकर्ता सन्ध्या पछाइले जानकारी दिनु भएको छ । गरिबी निवारणका लागि स्थानीय स्रोत र सीपको परिचालन गरी महिलाहरुलाई पनि वित्तियमा पहुँच प्र्याउने हो भने समाज रुपान्तरणमा ठूलो परिर्वतन आउने पछाइको भनाई रहेको छ ।