Holi care school

आम्बासको शैक्षिक गुणस्तर सुधार गर्न स्थानिय अभिभावक जुट्न थाले

292

कृष्ण ढकाल
आम्बास,असार–१०

बर्दघाट नगरपालिका वडा नं. २ ,आम्बासमा रहेको आम्बास प्राथमिक विधालयका सरोकारवालाहरुसंगको संयुक्त मूल्यांकन तथा योजना तर्जुमा बैठक सोमवार सम्पन्न् भएको छ ।

विधालय ब्यवस्थापन समितिका अध्यक्ष्ँ दलविर सूर्यवंसीको अध्यक्षता र नगरप्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उक्त बैठकमा समुदायका ब्यक्तीहरुले आफैले आफ्नो विद्यालयका वारेमा गरेको छलफल तथा संयुक्त मूल्यांकनको नतिजाका वारेमा जानकारी गराएका थिए ।

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सामुदायिक अंक तालिका अनुसारका प्रश्नहरुको संयुक्त उत्तर तयारगरी बैठकमा प्रस्तुत गरीएको नतिजामा अहिले सम्म भएको राम्रो पक्ष,सुधार गर्नु पर्ने र समस्याका वारेमा छुट्टा–छुट्टै उपलब्धी र समस्याहरु पहिचान गरी सुची बनाएर बैठकमा प्रस्तुत गरीएको थियो ।

बर्दघाट नगरपालिकाको सहयोग र समृद्ध समुदाय विकास केन्द्र,रुपन्देहीको समन्वयमा आयोजीत विधालयका सरोकारवालाहरुसंगको संयुक्त मूल्यांकन तथा योजना तर्जुमा बैठकमा बोल्दै नगर प्रमुख श्रेष्ठले बैठकमा समुदायवाट प्रस्तुत गरीएका ७० प्रतिशत कामहरु समुदायवाट नै गर्नु पर्ने देखिएको र बाँकी ३० प्रतिशत काम नगरपालिका गर्न प्रतिवद्ध रहेको जानकारी गराउनु भएको थियो । नगर प्रमुख श्रेष्ठले गतवर्ष भन्दा यस वर्ष नगरको शिक्षामा डबल बजेट विनियोजन गरेको समेत जानकारी गराउनु भएको थियो ।

त्यसैगरी सामाजिक विकास समितिका संयोजक भिमकाजी गुरुङले समुदायले गर्नु पर्ने काम समुदायवाट नै अपनत्व हुनेगरी गर्न र नसक्ने काम नगरले गर्न तयार रहेको बताउनु भएको थियो ।
समृद्ध समुदाय विकास केन्द्रका युवराज चापागाईको स्वागत तथा बैठकको उद्धेश्य र संयुक्त मूल्यांकन गर्दाको अनुभव सहितको जानकारीबाट शुरु भएको बैठकमा बर्दघाट नगर शिक्षा शाखा प्रमुख लोकराज पन्थी,बर्दघाट वडा नं. २ का वडाध्यक्ष गणेश बहादुर क्षेत्री लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।