Holi asnjal makar GURU

बर्दघाट नगरपालिका पूर्ण खोप तथा संस्थागत प्रसुति सेवायुक्त नगरपालिका सुनिश्चितता घोषणा

37

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–३०
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका पूर्ण खोप तथा संस्थागत प्रसुति सेवा युक्त नगरपालिका सुनिश्चितता घोषणा भएको छ ।

घोषणाका लागि सबै सुचाङ्कहरु पुरागरेसंग जिल्ला समन्वय समितिका अध्यक्ष भगवती प्रसाद यादव (रुदल)ले एक कार्यक्रमका विच पूर्ण खोप तथा संस्थागत प्रसुति सेवा युक्त नगरपालिका सुनिश्चितता घोषणा गर्नु भएको हो ।

घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष यादवले नगरले आफ्नो वार्षीक निति तथा कार्यक्रम र बजेटमा नै स्वास्थ्य र शिक्षामा बिषेश बजेटको शुनिश्चितता गरेर घोषणा कार्यक्रमको उपलब्धीलाई दिगोपना राख्न जरुरी रहेको बताउनु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले कुनै पनि अभियानलाई तत्काल पुरा गरेर घोषणा गर्न सजिलो हुने तर त्यसको दिगोपनाका लागि चुनौती रहने भएकाले त्यस तर्फ सबै सजगभएर लाग्न आग्रह गर्नु भएको थियो । उहाँलेगर्भधारण भए्र देखि नै शान्त वातावरणमा गर्भवतीलाई बस्ने वातावरण हुन जरुरी रहेको तर्क गर्नु भएको थियो ।्

जिल्लाका सुरक्षा निकाय र स्वास्थ्य कार्यालय प्रमुम लगाएतको उपस्थिती रहेको कार्यक्रममा स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख ओम प्रकाश पन्थीले अहिले सम्म नवलपरासीमा १३ प्रकारका अभियानहरु नियमित रुपमा सञ्चालन भैरहेको र त्यसको सकरात्मक प्रभाव रहेको जानकारी गराउनु भएको थियो ।
त्यस्तै नगर प्रमुख शम्भुलाल श्रेष्ठले नगरको अति विकट क्षेत्रका रुपमा रहेको वडा नं. २ को पहाडीक्षेत्र पट्केमा स्वास्थ्य सेवा केन्द्र राख्ने तयारी गरीएको जानकारी गराउनु भएक्को थियो । त्यसैगरी नगर सबै शाखाहरुले सम्पादन गर्ने कामहरुमा आफु सन्त’क्ष्टी रहेको शाखा स्वास्थ्य शाखा रहेको समेत बताउनु भएको थियो ।


बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षतामा भएको पूर्ण खोप तथा संस्थागत प्रसुति सेवा युक्त नगरपालिका सुनिश्चितता घोषणा कार्यक्रममा सेवानिवृत्त हुनु भएकी बर्दघाट नगरपालि वडा नं. २ की स्वास्थ्य स्वायमसेविका दधिकला पौडेल र वडा नं. १४ की मञ्जु पाण्डेलाई ३५ बर्ष सम्म निरन्तर स्वास्थ्य स्वायमसेविका भएर सेवागरी सेवानिवृत्त भएसंगै बर्दघाट नगरवाट २ लाख र लुम्बिीनी प्रदेश सकारवाट ५० हजार –सम्मान विदाई गरीएको थियो ।
कार्यक्रम स्वास्थ्य शाखाका कृष्णहरि पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।